सांसद कानुले संसद्मा आवाज उठाएपछि अस्ट्रेलियाबाट राकेश पटेलको शव नेपाल ल्याउने प्रक्रिया सुरु : JCNEPALMEDIA

असार २०,२०८३ / जेसी नेपाल संवाददाता

वीरगञ्ज : पर्साको पर्सागढी नगरपालिका–७ बागेश्वरी निवासी ब्रिजा राउत कुर्मीका २९ वर्षीय छोरा राकेश कुमार पटेलको अस्ट्रेलियाबाट शव नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ। कामको सिलसिलामा अस्ट्रेलिया पुगेका पटेल २०२२ चैत २० गते अस्ट्रेलियाको ताजमानियास्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए।

उनको मृत्युको वास्तविक कारणबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक हुन सकेको छैन। घटनापछि अस्ट्रेलियास्थित नेपाली दूतावासले परिवारलाई सम्पर्क गरी उनको निधन भएको जानकारी गराएको थियो। छोराको शव स्वदेश ल्याइदिन पहल गरिदिन आग्रह गर्दै उनका पिता ब्रिजा राउत कुर्मीले २०८३ वैशाख २३ गते नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। तर झन्डै तीन महिना बितिसक्दा समेत शव नेपाल ल्याउने प्रक्रिया अघि नबढेपछि परिवार चिन्तित बनेको थियो। यसैबिच पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले असार १८ गते प्रतिनिधिसभाको बैठकमा यो विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।

 

कानुले नेपाली नागरिकको शव सम्मानपूर्वक स्वदेश ल्याउन आवश्यक समन्वय र पहल गर्न सरकारसँग आग्रह गरेका थिए। सांसद कानुले संसद्मा आवाज उठाएपछि अस्ट्रेलियामा रहेका नेपालीहरूको समूह पनि सक्रिय बनेको छ। उनीहरूले आवश्यक परे चन्दा सङ्कलन गरेर भए पनि राकेश पटेलको शव सम्मानपूर्वक नेपाल पठाउने पहल सुरु गरेका छन्। यता सांसद कानुले पनि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार संसद्मा विषय उठाइएपछि शव नेपाल ल्याउने प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ। शव स्वदेश ल्याउने प्रक्रिया सुरु भएपछि मृतकका परिवारजनले सांसद सुशील कुमार कानुप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेकामा राहत महसुस भएको बताएका छन्।

प्रकाशित : असार २०,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि ठाकुरको सम्पत्ति शुद्धिकरणको माग : JCNEPALMEDIA

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ कर्मचारी माग : JCNEPALMEDIA

मिटरब्याज विवादमा मुछिए पूर्व वडाध्यक्ष, अनुसन्धानबाट जोगिन फरार : JCNEPALMEDIA

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु : JCNEPALMEDIA

हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा JCNEPALMEDIA

जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु : गाेगल प्रसाद बसहिया JCNEPALMEDIA