जनकपुरको चर्चित हंसराज मिष्ठान्न भण्डारमा अखाद्य वस्तु फेला, ५० हजार रुपैयाँ जरिवाना : JCNEPALMEDIA

असार २०,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाममा सञ्चालित हंसराज मिष्ठान्न भण्डारमा अखाद्य तथा म्याद नाघेका खाद्य सामग्री फेला परेपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

मधेशका गृहमन्त्री फकिरा महतोको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा मिठाई पसलमा खाद्य स्वच्छता मापदण्ड विपरीत सामग्री भण्डारण तथा प्रयोग गरिएको फेला पारेको हो।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी अखाद्य वस्तु राखिएको र आवश्यक मापदण्ड पालना नगरिएको पाइएपछि उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनअनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ। अनुगमन टोलीले व्यवसायीहरूलाई स्वच्छ र गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री वितरण गर्न, म्याद नाघेका वस्तु तत्काल हटाउन, सरसफाइमा विशेष ध्यान दिन तथा प्रचलित कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

साथै उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कुनै पनि व्यवसायमाथि आगामी दिनमा समेत कडा अनुगमन र कानुनी कारबाही जारी रहने चेतावनी दिइएको छ।

प्रकाशित : असार २०,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA