पर्सामा १०२ केजी गाँजा र कारसहित भारतीय नागरिक पक्राउ : JCNEPALMEDIA

असार २२,२०८३ / जेसी नेपाल संवाददाता

वीरगन्ज : पर्सामा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतकाे बिहार राज्यकाे बेतिया जिल्लाकाे नवलपुरका ३२ वर्षीय गुड्डु बर्मा रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट आइतबार राति खटिएको प्रहरीको टोलीले जगरनाथपुर गाउँपालिका–२ स्थित इनर्वा जाने चोकमा भारततर्फ जाँदै गरेको बिआर ०१ सीयु ३५४४ नम्बरको सेतो रंगको कारलाई राेकेर चेकजाँच जाँच गरेको थियो।त्यसक्रममा उक्त कारभित्र लुकाएर राखिएको अवस्थामा १० वटा पोकामा रहेकाे १०२ किलाे ६३८ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासंगै उक्त कारमा सवार बर्मालाईपनि कारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। गाँजा र कारसहित नियन्त्रणमा लिइएका बर्मालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।

प्रकाशित : असार २२,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नेपाल–भारत सीमा नजिकै बारामा वेवारिसे शव फेला : JCNEPALMEDIA

प्रेमिकालाई भेट्न पुगेका युवकको जबर्जस्ती विवाह गराइयो, ‘पकडुवा विवाह’ को घटना फेरि चर्चामा : JCNEPALMEDIA

प्रधानमन्त्रीमाथि मानव अधिकार ‘उल्लंघन’ आरोप, सर्वोच्चमा भोलि सुनुवाई : JCNEPALMEDIA

जनकपुरको चर्चित हंसराज मिष्ठान्न भण्डारमा अखाद्य वस्तु फेला, ५० हजार रुपैयाँ जरिवाना : JCNEPALMEDIA

सांसद कानुले संसद्मा आवाज उठाएपछि अस्ट्रेलियाबाट राकेश पटेलको शव नेपाल ल्याउने प्रक्रिया सुरु : JCNEPALMEDIA

अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि ठाकुरको सम्पत्ति शुद्धिकरणको माग : JCNEPALMEDIA