नेपाल–भारत सीमा नजिकै बारामा वेवारिसे शव फेला : JCNEPALMEDIA

असार २२,२०८३ / जेसी नेपाल संवाददाता

वीरगञ्ज : बारा जिल्लाको पचरौता नगरपालिका–१ अन्तर्गत नेपाल–भारत सीमास्थित ३६३/३० नम्बरको सीमा स्तम्भ नजिक जमुनिया खोलाको किनारमा अन्दाजी ३३–३५ वर्षका पुरुषको बेवारिसे शव फेला परेको छ । उक्त शव सीमा स्तम्भबाट करिब १५४ फिट पश्चिम–उत्तर दिशामा आइतबार साँझ फेला परेको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले घटनाबारे जानकारी गराएपछि बारास्थित प्रहरी चौकी पिपरपातीबाट प्रहरी सहायक निरीक्षक समसुदिन मियाँ तेलीको कमान्डमा प्रहरी टोली खटिएको थियो । टोलीले घटनास्थल सुरक्षित राखेको जनाएको छ । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमान्डमा अनुसन्धान टोली तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक आशिक चौधरीको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी पिपरपातीबाट करिब २.५ किलोमिटर दक्षिणमा पर्दछ । प्रहरीले घटनास्थलमा मुचुल्का तयार पार्ने कार्य सम्पन्न गरी राति २२:३५ बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको जनाएको छ । हालसम्म मृतकको पहिचान खुल्न नसकेको र शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रकाशित : असार २२,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA