सप्तकोसीमा तैरिएको अबस्थामा ३०८ किलो गाँजा बरामद : JCNEPALMEDIA

असार २५,२०८३ / जेसी नेपाल संवाददाता

सप्तकोसी नदीमा तैरिरहेको अबस्थामा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। बिहीबार बिहान करिव ३ सय ८ किलो गाँजा बरामद गरेको हो।

कोसी गाउँपालिका–७ केराबारी र भण्टाबारीबीचको सप्तकोसी नदीको बाँधको किनारनजिक ३ सय ८ किलो फेला परेको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। प्रहरीले गस्ती गर्दै जाने क्रममा नदीको किनार छेउमा पानीमा तैरिरहेको अवस्थामा ८ वटा कालो प्लास्टिकले बेरिएको शंकास्पद पोकाहरु फेला पारेको थियो।

उक्त पोका खोलेर हेर्दा भित्र गाँजा रहेको पत्ता लागेको प्रहरीको भनाई छ। सप्तकोसी नदीबाट गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ। गाँजा कसले र कहाँ लैजान खोजेको भन्ने यकिन भइनसकेको डिएसपी खड्काले बताए। भारततर्फ कटाउने योजना हुनसक्ने प्रहरीको अनुमान छ।

प्रमाशित : असार २५,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA