सप्तकोसीमा तैरिएको अबस्थामा ३०८ किलो गाँजा बरामद : JCNEPALMEDIA

असार २५,२०८३ / जेसी नेपाल संवाददाता

सप्तकोसी नदीमा तैरिरहेको अबस्थामा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। बिहीबार बिहान करिव ३ सय ८ किलो गाँजा बरामद गरेको हो।

कोसी गाउँपालिका–७ केराबारी र भण्टाबारीबीचको सप्तकोसी नदीको बाँधको किनारनजिक ३ सय ८ किलो फेला परेको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। प्रहरीले गस्ती गर्दै जाने क्रममा नदीको किनार छेउमा पानीमा तैरिरहेको अवस्थामा ८ वटा कालो प्लास्टिकले बेरिएको शंकास्पद पोकाहरु फेला पारेको थियो।

उक्त पोका खोलेर हेर्दा भित्र गाँजा रहेको पत्ता लागेको प्रहरीको भनाई छ। सप्तकोसी नदीबाट गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ। गाँजा कसले र कहाँ लैजान खोजेको भन्ने यकिन भइनसकेको डिएसपी खड्काले बताए। भारततर्फ कटाउने योजना हुनसक्ने प्रहरीको अनुमान छ।

प्रमाशित : असार २५,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA