रौतहटमा चोरकाे विगविगि एकै रात तीन घरमा चोरीकाे प्रयास, दुई घरबाट लाखौँको धनमाल चोरी : JCNEPALMEDIA

असार २६,२०८३ / जेसी नेपाल संवाददाता

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ७ मा चोर समूहको सक्रियता बढ्दै गएको देखिएको छ। असार २५ गते बिहिवार राति करिब १ बजे एकै रात तीन घरमा चोरीको प्रयास भएकोमा दुई घरबाट चोरहरूले नगद, गरगहना तथा अन्य बहुमूल्य सामान चोरी गर्न सफल भएका छन्। स्थानीयका अनुसार चोरहरूले वडा नम्बर ७ निवासी पुरन राय यादव र दिलीप राय यादवको घरमा चोरी गरेका हुन्।

पुरन राय यादवको घरबाट करिब ६ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना, लत्ताकपडा तथा अन्य सामग्री चोरी भएको जनाइएको छ। चोरीपछि चोरहरूले घरबाट करिब ३०० मिटर पूर्वतर्फ रहेको लुलिमाई देवस्थान नजिकको रुखमुनि चोरीका सामान छुट्याएको र काम नलाग्ने केही पुराना सामग्री त्यहीँ फालेर फरार भएको स्थानीयले बताएका छन्।

यस्तै, दिलीप राय यादवको घरबाट पनि गरगहना, लत्ताकपडा तथा नगद रकम चोरी भएको बताइएको छ। चोरहरूले घरबाट करिब ४०० मिटर पूर्वतर्फ रहेको नहरको डिलमा चोरीका सामान बाँडफाँट गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको जानकारी पाएलगत्तै स्थानीयले इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण तथा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रमाशित : असार २६, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA