रौतहटमा चोरकाे विगविगि एकै रात तीन घरमा चोरीकाे प्रयास, दुई घरबाट लाखौँको धनमाल चोरी : JCNEPALMEDIA

असार २६,२०८३ / जेसी नेपाल संवाददाता

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ७ मा चोर समूहको सक्रियता बढ्दै गएको देखिएको छ। असार २५ गते बिहिवार राति करिब १ बजे एकै रात तीन घरमा चोरीको प्रयास भएकोमा दुई घरबाट चोरहरूले नगद, गरगहना तथा अन्य बहुमूल्य सामान चोरी गर्न सफल भएका छन्। स्थानीयका अनुसार चोरहरूले वडा नम्बर ७ निवासी पुरन राय यादव र दिलीप राय यादवको घरमा चोरी गरेका हुन्।

पुरन राय यादवको घरबाट करिब ६ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना, लत्ताकपडा तथा अन्य सामग्री चोरी भएको जनाइएको छ। चोरीपछि चोरहरूले घरबाट करिब ३०० मिटर पूर्वतर्फ रहेको लुलिमाई देवस्थान नजिकको रुखमुनि चोरीका सामान छुट्याएको र काम नलाग्ने केही पुराना सामग्री त्यहीँ फालेर फरार भएको स्थानीयले बताएका छन्।

यस्तै, दिलीप राय यादवको घरबाट पनि गरगहना, लत्ताकपडा तथा नगद रकम चोरी भएको बताइएको छ। चोरहरूले घरबाट करिब ४०० मिटर पूर्वतर्फ रहेको नहरको डिलमा चोरीका सामान बाँडफाँट गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको जानकारी पाएलगत्तै स्थानीयले इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण तथा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रमाशित : असार २६, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सप्तकोसीमा तैरिएको अबस्थामा ३०८ किलो गाँजा बरामद : JCNEPALMEDIA

घुमुवामा नयाँ इन्ट्रीदेखि चौकी इन्चार्जसम्म एउटै टोलीको रजगज, एसपी खत्री विरुद्ध परे उजुरी : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA

ख्यातिप्राप्त हाेटलमा फोहोरी मिसावट, जनकपुरको पुरानो नवरंग होटेललाई ४० हजार जरिवाना : JCNEPALMEDIA

नेपाल–भारत सीमा नजिकै बारामा वेवारिसे शव फेला : JCNEPALMEDIA

बालेनले उल्ट्याए सुशीला कार्कीको निर्णय,कानुनमन्त्री साेविता संसदमा टेबुल गर्ने : JCNEPALMEDIA