शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको अवस्था गम्भीर : JCNEPALMEDIA

असार २७,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको अवस्था गम्भीर रहेको छ। शनिबार बिहान काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो। उनको वीर अस्पतालमा उपचार चलिरहेको छ।

उपचारमा संलग्न डा. पीयुष दाहालका अनुसार, व्यवसायी राउतको शरीरमा ६० प्रतिशत जलन भएको छ। जलनका बिरामीका उपचार गरिने वीर अस्पतालको बर्न आईसीयूमा राखेर उपचार भइरहेको डा. दाहालले बताए। ‘गम्भीर घाइते हुनुहुन्छ। ६० प्रतिशत जलन भएको छ,’ डा. दाहालले भने। पारिवारिक विवादका कारण व्यवसायी राउतले आफ्नै शरीरमा आगो लगाएको देखिएको प्रहरीको भनाइ छ। ‘श्रीमती र छोरासहित बस्नु हुँदोरहेछ।

तर घटनाका बेला उहाँहरू घरमा हुन हुन्न रहेछ,’ जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले भने, ‘हिजो उनको छोरासँग डिस्कस भएको बुझिएको छ।’ पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै, शुक्रबार सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। सर्लाहीको गौडेता नगरपालिका-१० का ३५ वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।

प्रमाशित : असार २७, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA