कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा : JCNEPALMEDIA

असार ३१,२०८३ / जेसी नेपाल संवाददाता

कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। बुधबार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका हुन्।

आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले राजीनामा बुझाएका एक मन्त्रीले जानकारी दिए।

आज बिहानका लागि कर्णाली सरकारको मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन्। अर्थमन्त्री शाह विदेश भ्रमणमा छन् भने उर्जामन्त्री विजय बुढा पनि बैठकमा सहभागी भइनन्। मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी मन्त्रिपरिषद् बैठकमा नबसेर राजीनामा दिएर फर्किएका थिए।

कर्णालीमा एमाले र नेपाली कांग्रेसको गठबन्धनको सरकार छ। एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री छन्। यसअघि नै कर्णालीमा एमाले कांग्रेसबिच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो।

प्रमाशित : असार ३१, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पर्सा वीरगँजकी चर्चित टिकटोकिया किरण साहले आफू खराब नभएको दाबी : JCNEPALMEDIA

धनुषाको मिथिला बिहारी नगरपालिका साक्षर घोषणा, ९९.५४ प्रतिशत साक्षरता हासिलको दाबी : JCNEPALMEDIA

पूर्वी तराईका सीमा नाकामा सशस्त्र प्रहरी र तस्करबीच हुँदै आएको लेनदेनको रहस्यको पर्दाफास, सईले खोले तस्करीको सञ्जाल

रोपाइँको बेला मलखादकाे अभावले किसानकाे मन खिन्न ,किसानको एउटै प्रश्न- मल कहाँ छ सरकार ? : JCNEPALMEDIA

शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको अवस्था गम्भीर : JCNEPALMEDIA

सप्तकोसीमा तैरिएको अबस्थामा ३०८ किलो गाँजा बरामद : JCNEPALMEDIA