बुटवलमा ६ लाख बढी नक्कली नेपाली नोटसहित ६ जना पक्राउ, कारखाना नै जफत : JCNEPALMEDIA

असार ३१,२०८३ / जेसी नेपाल संवाददाता

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने आधुनिक उपकरण र केमिकलसहित ६ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बुटवल–११ की ३६ बर्षिया गंगाकुमारी पूर्वछाने, पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी ‘कृष्ण’, कपिलबस्तुको बाणगंगा नगरपालिका–१ का सञ्जय थारू, चाँगुनारायण नगरपालिका–१, भक्तपुरका ४१ बर्षिय रामचन्द्र, शैलुङ गाउँपालिका–४, दोलखाका ३८ बर्षिय पासाङ तामाङ र सिलिगुडी (भक्तिनगर थाना क्षेत्र), पश्चिम बंगाल, भारतका ४९ बर्षिय बासुमित्र आनन्दलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवस्तवका अनुसार पक्राउ परेका व्यक्तिहरूको घर तथा डेरा कोठामा खानतलासी गर्दा १ हजार रुपैयाँ दरका ६२२ थान (कुल ६ लाख २२ हजार रुपैयाँ बराबर) नक्कली नेपाली नोट बरामद भएको छ।

प्रहरीले नोट छाप्न प्रयोग गरिने कारखाना नै फेला पारेको छ। सो क्रममा डेल कम्पनीको ल्यापटप, नक्कली नोट काट्ने मेसिन र लेमिनेसन मेसिन, नोट छाप्न प्रयोग हुने विशेष कागज (१ कार्टुन), विभिन्न किसिमका रासायनिक पदार्थ (केमिकल) र प्लास्टिक पेपर र ६ थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बुटवलमा नक्कली नोटको अवैध कारोबार र छपाई भइरहेको सूचनाका आधारमा प्रहरीले यो अप्रेशन चलाएको थियो।

पक्राउ परेका नेपाली र भारतीय नागरिकसहितको यो गिरोहमाथि प्रहरीले मुद्रासम्बन्धी कसुर (खोटा चलन) अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित : असार ३१, २०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA