जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ : अमेरिका JCNEPALMEDIA

असार ३१,२०८३ / जेसी नेपाल संवाददाता

एजेन्सी : अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

अनुसन्धानपछि प्रहरीले शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएपछि अदालतले धरौटी अस्वीकार गर्दै थुनामा पठाउने आदेश दिएको हो। प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले आफ्ना जुम्ल्याहा शिशुको मृत्यु फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि भएको दाबी गर्दै आएकी थिइन्। उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुन्।

उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले मन्त्री नियुक्त हुनुअघि गरेका थिए। इडाहोको पेएट प्रहरी विभागले लामो अनुसन्धानपछि शिशुको मृत्यु प्राकृतिक नभई श्वास अवरुद्ध गराएर हत्या गरिएको निष्कर्ष निकाल्दै शालाई पक्राउ गरी अभियोग दर्ता गरेको जनाएको छ। मङ्गलबार भएको अदालतको सुनुवाइमा शाकी कानून व्यवसायी जोसेफ फिलिसेट्टीले उनलाई ‘मायालु र जिम्मेवार आमा’ भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको विवरण वास्तविकताभन्दा फरक रहेको बताए। मृत्युदण्डसम्म हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलरको धरौटी रकम घटाइदिन आग्रह गरेकी थिइन्।

पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उनले यस्तो अनुरोध गरेकी थिइन्। तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरता उल्लेख गर्दै धरौटी सुविधा अस्वीकार गरी उनलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको इडाहो स्टेट्सम्यानले जनाएको छ। सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको र मृत्युको कारण खोप भएको दाबी सार्वजनिक रूपमा गरेकी थिइन्। यद्यपि स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास अवरुद्ध हुने वा त्यस्तो जोखिम बढाउने कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन् ।

साथै, आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाका कारण मृत्यु भएको दाबी पनि अस्वाभाविक रहेको उनीहरूको भनाइ छ। खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले यस घटनाबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। त्यस्तै, ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ले पनि एएफपीको प्रतिक्रिया मागको जवाफ दिएको छैन।

प्रमाशित : असार ३१, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA