विद्यालयमा आइतबारे बिदा हटाउन माग : JCNEPALMEDIA

असार ३१,२०८३ / जेसी नेपाल संवाददाता

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आइतबार दिइँदै आएको सार्वजनिक बिदा तत्काल खारेज गर्न माग गरेको छ। महासंघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सातामा ६ दिन पढाइ हुने व्यवस्था यथावत राख्न सरकारसँग माग गरेको हो।

महासंघका अध्यक्ष काशीनाथ दंगालले भने, ‘सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै बालबालिकाको औपचारिक पठनपाठन र सिकाइको अवधि घटेको छ।’ आइतबारको बिदाका कारण देशभरका अभिभावक चिन्तित बनेको उनले उल्लेख गरे। महासंघले बालबालिकाको सिकाइ अवसर सुनिश्चित गर्न साताको ६ दिन नै विद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिएको छ। विद्यालय शिक्षालाई संविधानको मर्म अनुरूप व्यवस्थित बनाउन ‘विद्यालय शिक्षा ऐन’ तत्काल जारी गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

 

नयाँ शिक्षा ऐनको पर्खाइमा रहेको समयमा सरकारले शिक्षा नियमावलीमा गरेको संशोधनले सामुदायिक विद्यालय व्यवस्थापन समितिको क्षेत्राधिकार संकुचित पारेको महासंघको ठहर छ। ‘शिक्षा नियमावलीको पछिल्लो संशोधनले समुदायको अस्तित्व र भूमिकाको अवमूल्यन गरेको छ,’ अध्यक्ष दंगालले भने, ‘विद्यालय र समुदायलाई टाढा राख्ने तथा नागरिक अधिकारसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुन र अभ्यासको समेत उल्लंघन भएको छ।

यस्तो संशोधन तत्काल सच्याउनुपर्छ।’ महासंघले विद्यालय व्यवस्थापन समितिमा अभिभावकको नेतृत्व र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ। व्यवस्थापन समितिलाई विद्यालय स्तरको सरकारको भूमिकामा स्थापित गर्दै यसको कार्यकाल पाँच वर्षको हुनेगरी कानुनी प्रबन्ध मिलाउन समेत महासंघले सरकारसँग आग्रह गरेको छ।

प्रमाशित : असार ३१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ : अमेरिका JCNEPALMEDIA

बुटवलमा ६ लाख बढी नक्कली नेपाली नोटसहित ६ जना पक्राउ, कारखाना नै जफत : JCNEPALMEDIA

कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा : JCNEPALMEDIA

पर्सा वीरगँजकी चर्चित टिकटोकिया किरण साहले आफू खराब नभएको दाबी : JCNEPALMEDIA

धनुषाको मिथिला बिहारी नगरपालिका साक्षर घोषणा, ९९.५४ प्रतिशत साक्षरता हासिलको दाबी : JCNEPALMEDIA

विश्वभाषा क्याम्पसले यी ११ भाषामा नयाँ विद्यार्थी भर्ना गर्ने : JCNEPALMEDIA