उच्च अदालत जनकपुरद्वारा चालु आर्थिक बर्षको अन्तिमसम्ममा ७०.८८ प्रतिसत मुद्दा फैसला : JCNEPALMEDIA

असार ३२,२०८३ / जेसी नेपाल संवाददाता

उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै वार्षिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले अदालतको वार्षिक कार्यसम्पादन सार्वजनिक गर्दै निर्धारित लक्ष्यको १०१.६० प्रतिशत उपलब्धि हासिल भएको जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ४ हजार ५४६ वटा मुद्दा फैसला गर्ने लक्ष्य रहेकामा ४ हजार ६१९ वटा मुद्दा टुंग्याइएको छ। सो अवधिमा अदालतमा ६ हजार ५१६ वटा नयाँ मुद्दा दर्ता भएका थिए। तीमध्ये ४ हजार ६१९ वटा मुद्दा फैसला भएसँगै हाल १ हजार ८९७ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन्। मुख्य न्यायाधीश कुँवरका अनुसार दुई वर्षभन्दा पुराना सबै बाँकी मुद्दा यसै आर्थिक वर्षभित्र फैसला गरिएको छ। यसलाई अदालतले आफ्नो महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकअनुसार उच्च अदालत जनकपुरको मुद्दा फैसला दर क्रमशः सुधार हुँदै गएको देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा ४९.१५ प्रतिशत, २०७९/०८० मा ४४.१७ प्रतिशत, २०८०/०८१ मा ७१.१३ प्रतिशत, २०८१/०८२ मा ६६.०५ प्रतिशत र २०८२/०८३ मा ७०.८८ प्रतिशत मुद्दा फैसला भएको अदालतले जनाएको छ। मुख्य न्यायाधीश कुँवरले अदालतमा सूचना प्रविधिको प्रयोग बढाइएकाले मुद्दा सुनुवाइ र फैसला प्रक्रिया अघिल्ला वर्षको तुलनामा छिटो र प्रभावकारी भएको बताए।

इजलासको प्रत्यक्ष प्रसारणका विषयमा उठेका गुनासोबारे स्पष्ट पार्दै उनले सम्बन्धित मुद्दाका पक्ष तथा कानुन व्यवसायीको सहमति लिएर मात्रै युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था अपनाइएको जानकारी दिए।

प्रमाशित : असार ३२, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मिटर ब्याजीको आरोपमा कपलेश्वरका गाेपाल साह सहित ३ जना पक्राउ

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि सेवाबाट हटाउने सरकारकाे निर्णय स्थगित : JCNEPALMEDIA

जनकपुरका नवल मुरारका मार्वल ब्रान्डको नक्कली पाइप प्रकरणमा पक्राउ : JCNEPALMEDIA

अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने : JCNEPALMEDIA

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ : अमेरिका JCNEPALMEDIA

बुटवलमा ६ लाख बढी नक्कली नेपाली नोटसहित ६ जना पक्राउ, कारखाना नै जफत : JCNEPALMEDIA