जनकपुरका नवल मुरारका मार्वल ब्रान्डको नक्कली पाइप प्रकरणमा पक्राउ : JCNEPALMEDIA

असार ३२,२०८३ / जेसी नेपाल संवाददाता

मार्वल कम्पनीको ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री–वितरण गरेको आरोपमा धनुषाको मुजेलियास्थित जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मुरारकालाई बिहीबार बिहान उद्योग परिसरबाट पक्राउ गरिएको हो।

पक्राउपछि केही समय उनलाई मुजेलिया प्रहरी चौकीमा राखिएको थियो। त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको प्रहरीले जनाएको छ। यो प्रकरण करिब दुई साताअघि सिरहाको गोलबजारस्थित नेहाल आइरन स्टोरबाट मार्वल कम्पनीको नाम र लोगो अंकित ६३२ थान शंकास्पद बोरवेल पाइप बरामद भएपछि सार्वजनिक भएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ती पाइप जानकी प्लास्टिक उद्योगबाट आपूर्ति भएको खुलेपछि प्रहरीले उद्योगसम्म अनुसन्धान विस्तार गरेको थियो।

यसअघि प्रहरीले जानकी प्लास्टिक उद्योगमा छापा मार्दा सीमित मात्रामा शंकास्पद पाइप बरामद भएको थियो। छापामारीको सूचना पाएपछि उद्योगबाट ठूलो परिमाणमा पाइप अन्यत्र सारिएको आशंका समेत सार्वजनिक भएको थियो भने उद्योग सञ्चालक पक्ष अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको थियो।

प्रहरीले हाल मुरारकामाथि ट्रेडमार्क उल्लंघन, उपभोक्ता ठगी तथा सम्बन्धित कानुनी व्यवस्थाअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न हुन सक्ने अन्य व्यक्ति तथा आपूर्ति सञ्जालबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रमाशित : असार ३२, २०८३ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA