मिटर ब्याजीको आरोपमा कपलेश्वरका गाेपाल साह सहित ३ जना पक्राउ

३२,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले विहिवार मिटरब्याजीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ बस्ने हरेराम साह, निजको आमा रेखा कुमारी साह र निजको काका गोपाल साहलाई पक्राउ गरिएको हो । हरेरामलाई काठमाण्डौं बाट तथा निजको आमालाई भारत भाग्ने क्रममा जटही चेकपोष्टबाट र निजको काकालाई पिडारी चोकस्थित जानकीवाटिका होटलबाट पक्राउ गरिएको हो ।

हरेरामका बुवा बलराम साह भने हाल फरार छन् । पक्राउ परेकाहरु माथि अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता भई म्याद थपको तयारी भईरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । प्रहरीले हरेरामको अफिसमा छापामारीसमेत गरेको थियो, यद्यपी यस सन्दर्भमा खुलाउन नमिल्ने न्यौपानेको भनाई थियो ।

विभिन्न कृषि कम्पनीको नाममा सरकारी अनुदान लिने र सोही रकमको दुरुपयोग गरि कडा मिटर ब्याजमा लगाउने गरेको पीडितहरुको आरोप छ । जग्गा रजिष्ट्रेशन पास गरेर चर्को ब्जाजमा ऋण दिने, दैनिक चर्को ब्याजमा पैसाको कारोबार गर्ने यिनीहरुका कारण १ सय भन्दा बढी परिवार पिडित बनेको मिटर ब्याज पीडित संघर्ष समितिको भनाई छ ।

साथै, विदेह नगरपालिका वफै घर भई कदम चाैकमा बस्ने पुर्व एसएसपी गाेविन्दा साहकाे समेत ठगी गरेको बुझिएको छ । १ कराेड रकमकाे ५ कराेड मागिरहेको र १२ कराेडकाे सम्पत्ति रजिस्ट्रेशन पास नै गराएको स्राेत बाट बुझिएको छ । हाल गाेविन्द साहले पनि जिल्ला प्रहरी कार्यालय, धनुषामा ठगि मुद्दा दर्ता गराएको रहेको छ ।

प्रकाशित : असार ३२,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA