मिटर ब्याजीको आरोपमा कपलेश्वरका गाेपाल साह सहित ३ जना पक्राउ

३२,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले विहिवार मिटरब्याजीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ बस्ने हरेराम साह, निजको आमा रेखा कुमारी साह र निजको काका गोपाल साहलाई पक्राउ गरिएको हो । हरेरामलाई काठमाण्डौं बाट तथा निजको आमालाई भारत भाग्ने क्रममा जटही चेकपोष्टबाट र निजको काकालाई पिडारी चोकस्थित जानकीवाटिका होटलबाट पक्राउ गरिएको हो ।

हरेरामका बुवा बलराम साह भने हाल फरार छन् । पक्राउ परेकाहरु माथि अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता भई म्याद थपको तयारी भईरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । प्रहरीले हरेरामको अफिसमा छापामारीसमेत गरेको थियो, यद्यपी यस सन्दर्भमा खुलाउन नमिल्ने न्यौपानेको भनाई थियो ।

विभिन्न कृषि कम्पनीको नाममा सरकारी अनुदान लिने र सोही रकमको दुरुपयोग गरि कडा मिटर ब्याजमा लगाउने गरेको पीडितहरुको आरोप छ । जग्गा रजिष्ट्रेशन पास गरेर चर्को ब्जाजमा ऋण दिने, दैनिक चर्को ब्याजमा पैसाको कारोबार गर्ने यिनीहरुका कारण १ सय भन्दा बढी परिवार पिडित बनेको मिटर ब्याज पीडित संघर्ष समितिको भनाई छ ।

साथै, विदेह नगरपालिका वफै घर भई कदम चाैकमा बस्ने पुर्व एसएसपी गाेविन्दा साहकाे समेत ठगी गरेको बुझिएको छ । १ कराेड रकमकाे ५ कराेड मागिरहेको र १२ कराेडकाे सम्पत्ति रजिस्ट्रेशन पास नै गराएको स्राेत बाट बुझिएको छ । हाल गाेविन्द साहले पनि जिल्ला प्रहरी कार्यालय, धनुषामा ठगि मुद्दा दर्ता गराएको रहेको छ ।

प्रकाशित : असार ३२,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA