श्रीमतीमाथि कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट कसजु पक्राउ : JCNEPALMEDIA

असार ३२,२०८३ / जेसी नेपाल संवाददाता

ललितपुर : श्रीमतीमाथि कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन्।

ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार, बुद्ध एयरमै ग्राउण्ड ह्याण्डलिङ स्टाफको रूपमा कार्यरत आफ्नै पत्नीलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। पाइलट कसजु पछिल्लो १० दिनदेखि बुद्ध एयरको उडान ड्युटीमा अनुपस्थित थिए।

एयरलाइन्सले उनको खोजी गर्ने क्रममा उनी प्रहरी हिरासतमा रहेको रहस्य खुलेको हो। विगत पाँच दिनदेखि प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका कसजुमाथि कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि म्याद थप गरिएका उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरिने एसपी मिश्रले जानकारी दिएका छन्।

प्रमाशित : असार ३२, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA