श्रीमतीमाथि कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट कसजु पक्राउ : JCNEPALMEDIA

असार ३२,२०८३ / जेसी नेपाल संवाददाता

ललितपुर : श्रीमतीमाथि कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन्।

ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार, बुद्ध एयरमै ग्राउण्ड ह्याण्डलिङ स्टाफको रूपमा कार्यरत आफ्नै पत्नीलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। पाइलट कसजु पछिल्लो १० दिनदेखि बुद्ध एयरको उडान ड्युटीमा अनुपस्थित थिए।

एयरलाइन्सले उनको खोजी गर्ने क्रममा उनी प्रहरी हिरासतमा रहेको रहस्य खुलेको हो। विगत पाँच दिनदेखि प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका कसजुमाथि कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि म्याद थप गरिएका उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरिने एसपी मिश्रले जानकारी दिएका छन्।

प्रमाशित : असार ३२, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA