धनुषा सबैला नपा-१ का वडाध्यक्ष मियाँ पर स्त्रीसँग रँगेहात पक्राउ ,ज्यान जाेगाउन छतबाट हामफालेपछि खुट्टा भाँचिएको आरोप : JCNEPALMEDIA

श्रावण ०१,२०८३ / जेसी नेपाल संवाददाता

धनुषा सबैला नगरपालिकाका एक वडाध्यक्ष पर स्त्रीसँग रँगेहात पक्राउ परेको आरोप लागेको छ । सबैला नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तहिर मियाँमाथि सामाजिक सञ्जालमा अनैतिक सम्बन्ध राख्न गएको आरोपसहितको सामग्री व्यापक रूपमा फैलिएको छ।

तर उक्त घटनाबारे प्रहरी वा सम्बन्धित निकायबाट हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको दाबीअनुसार वडा अध्यक्ष मियाँ शुक्रबार राति स्थानीय एक व्यक्तिको घरमा प्रवेश गरेका थिए। त्यहाँ एक महिलासँग रहेको अवस्थामा घरपरिवारले थाहा पाएपछि उनी भाग्ने क्रममा घरको छतबाट हाम फाल्दा खुट्टा भाँचिएको दाबी गरिएको छ। यद्यपि, उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय धनुषाले पनि यस घटनाबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

सामाजिक सञ्जालमा फैलिएका सामग्रीमा वडा अध्यक्षमाथि नैतिक आचरणविपरीत कार्य गरेको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरिएको छ। तर आरोपित पक्षको प्रतिक्रिया पनि सार्वजनिक भएको छैन। एक महिलासँग वडाध्यक्ष ताहिर मियाँको बर्षौदेखि अनैतिक सम्बन्ध रहेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । बुधबार राती महिलाको घरमा भएको बेला उनकै परिवारका एक सदस्यले बाहिरी गेट लगाएर हो हल्ला गरेपछि मियाँ उम्किनको लागि छतबाट हाम फालेको आरोप छ ।

छतबाट कुदेपछि उनको खुट्टाको घुठ्ठी भाँचिएको छ । उनको अहिले उपचार भईरहेको छ । यस सन्दर्भमा केही स्थानीयहरुले वडाध्यक्षको अनैतिक गतिविधिविरुद्ध ईलाका प्रहरी कार्यालय सबैलामा सँयुक्त उजुरी हाल्न गएका थिए, केही व्यक्तिले कानुनी डर त्रास देखाएपछि उनीहरु तत्काल फिर्ता भएको् बुझिएको छ । ईलाका प्रहरी कार्यालय सबैलाले भने घटनाबारे जानकारी लिइरहेको बतायो । थपको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुर भएको बताउँदै उत्तैबाट जानकारी लिन बतायो ।

महिलाको श्रीमान लामो समयदेखि विदेशमा बस्दै आएका छन् । उनको तर्फबाट भने कुनै धारणा सार्वजनिक भएको छैनन् । वडाध्यक्ष ताहिर मियाँसँग सम्पर्क गर्दा उनले फोन भने उठाएनन् । प्रहरीकाे अनुसन्धान बाट थपविवरण पछि ।

प्रमाशित : श्रावण ०१, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA