देशभरका पालिका मध्ये मधेशका १२ पालिका सहित १७ पालिकाले आर्थिक कारोबार गर्न नपाउने : JCNEPALMEDIA

श्रावण ०१,२०८३ / जेसी नेपाल संवाददाता

देशभरका १७ स्थानीय तह नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै शुक्रबार (साउन १) देखि शून्य बजेटको अवस्थामा पुगेका छन्। समयमै बजेट पारित गर्न नसकेपछि ती स्थानीय तहले आर्थिक कारोबार गर्न नपाउने भएका हुन्।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सभामा पेश गरी पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर विभिन्न कारणले ७५३ स्थानीय तहमध्ये १७ स्थानीय तहले बजेट पारित गर्न नसकेपछि नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै शून्य बजेटको अवस्था सिर्जना भएको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी विवेक घिमिरेका अनुसार बजेट पारित नगरेका स्थानीय तहले बजेट स्वीकृत नभएसम्म कुनै पनि आर्थिक कारोबार गर्न पाउने छैनन्।

उनले समयमै बजेट ल्याउन नसक्दा ती स्थानीय तह शून्य बजेटको अवस्थामा पुगेको र कानुनी व्यवस्था अनुसार आर्थिक गतिविधि सञ्चालन गर्न नमिल्ने बताए। मन्त्रालयका अनुसार शून्य बजेटमा पुगेका १७ स्थानीय तहमध्ये कोशी प्रदेशका ३, मधेश प्रदेशका १२ र लुम्बिनी प्रदेशका २ स्थानीय तह रहेका छन्।

* शून्य बजेटमा पुगेका स्थानीय तह

* मधेश प्रदेश

• सिराहा – सुखीपुर नगरपालिका

• सिराहा – औरही गाउँपालिका

धनुषा – क्षिरेश्वरनाथ नगरपालिका

• धनुषा – विदेह नगरपालिका

• धनुषा – कमला नगरपालिका

• रौतहट – गरुडा नगरपालिका

• रौतहट – कटहरिया नगरपालिका

• रौतहट – फतुवा विजयपुर नगरपालिका

• रौतहट – मौलापुर नगरपालिका

• रौतहट – यमुनामाई गाउँपालिका

• पर्सा – छिपहरमाई गाउँपालिका

• पर्सा – पकाहा मैनपुर गाउँपालिका

* कोशी प्रदेश

• ताप्लेजुङ – मैवाखोला गाउँपालिका

• सुनसरी – धरान उपमहानगरपालिका

• खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका

* लुम्बिनी प्रदेश

• रूपन्देही – कोटहीमाई गाउँपालिका

• कपिलवस्तु – शुद्धोधन गाउँपालिका

प्रकाशित : श्रावण ०१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA