मृ´त्युपछि श´वगृहमा श व राखेबापत ३ प्रतिशत कर : JCNEPALMEDIA

श्रावण ०४, २०८३ / जेसी नेपाल संवाददाता

सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामीसमेत ऋण काढेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । स्वास्थ्य मन्त्रालयकै तथ्यांकले भन्छ– देशभर विशिष्टीकृत स्वास्थ्य उपचारको करिब ५५ प्रतिशत सेवा निजी स्वास्थ्य संस्थाले दिइरहेका छन् ।

तर, सरकारी अस्पतालको सुधारमा ध्यान नदिएको सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट, एम्बुलेन्स, शववाहन र रगतको प्रयोगदेखि डायलाइसिस र क्यान्सरको उपचारसम्म मात्रै होइन, मृ त्युपछि श वगृह श व राखेबापत पनि ३ प्रतिशतका दरले कर लिन थालेको छ । कुनै पनि बिरामीले निजी अस्पतालमा जुनसुकै चेकजाँच गराउँदा हरेक फरक–फरक शीर्षकमा तोकिएको दररेटमा ३ प्रतिशत कर थपेर आउने कुल बिल तिर्नुपर्छ ।

यो करलाई ‘स्वास्थ्य समता शुल्क’ नाम दिइएको छ । काठमाडौंको स्वयम्भूमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले मकवानपुरका एक बिरामीसँग एम्बुलेन्स प्रयोग शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क जोडेर बिल तिराएको छ ।

ती बिरामीले एम्बुलेन्स प्रयोग गर्दा ६०० रुपैयाँ शुल्क लागेको थियो । अस्पतालले उक्त शुल्कमा ३ प्रतिशत कर जोडेर ६१८ रुपैयाँ लिएको छ । यो एक उदाहरण मात्र हो ।

प्रकाशित : श्रावण ०४, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA