मृ´त्युपछि श´वगृहमा श व राखेबापत ३ प्रतिशत कर : JCNEPALMEDIA

श्रावण ०४, २०८३ / जेसी नेपाल संवाददाता

सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामीसमेत ऋण काढेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । स्वास्थ्य मन्त्रालयकै तथ्यांकले भन्छ– देशभर विशिष्टीकृत स्वास्थ्य उपचारको करिब ५५ प्रतिशत सेवा निजी स्वास्थ्य संस्थाले दिइरहेका छन् ।

तर, सरकारी अस्पतालको सुधारमा ध्यान नदिएको सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट, एम्बुलेन्स, शववाहन र रगतको प्रयोगदेखि डायलाइसिस र क्यान्सरको उपचारसम्म मात्रै होइन, मृ त्युपछि श वगृह श व राखेबापत पनि ३ प्रतिशतका दरले कर लिन थालेको छ । कुनै पनि बिरामीले निजी अस्पतालमा जुनसुकै चेकजाँच गराउँदा हरेक फरक–फरक शीर्षकमा तोकिएको दररेटमा ३ प्रतिशत कर थपेर आउने कुल बिल तिर्नुपर्छ ।

यो करलाई ‘स्वास्थ्य समता शुल्क’ नाम दिइएको छ । काठमाडौंको स्वयम्भूमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले मकवानपुरका एक बिरामीसँग एम्बुलेन्स प्रयोग शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क जोडेर बिल तिराएको छ ।

ती बिरामीले एम्बुलेन्स प्रयोग गर्दा ६०० रुपैयाँ शुल्क लागेको थियो । अस्पतालले उक्त शुल्कमा ३ प्रतिशत कर जोडेर ६१८ रुपैयाँ लिएको छ । यो एक उदाहरण मात्र हो ।

प्रकाशित : श्रावण ०४, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA