आज हर्क सपाङ जनकपुर आउँदै, जानकी मन्दिरमा निषेध गर्ने हिन्दु सम्राटको तयारी : JCNEPALMEDIA

श्रावण ०५, २०८३ / जेसी नेपाल संवाददाता

हिन्दू सम्राट सेनाले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको छ । साम्पाङले सार्वजनिक रूपमा गाईको मासु खानुपर्ने आशयको अभिव्यक्ति दिएको भन्दै संगठनले त्यसको विरोधस्वरूप यस्तो निर्णय गरेको जनाएको छ ।

संगठनका अनुसार साम्पाङको अभिव्यक्तिले हिन्दू धर्मावलम्बीको धार्मिक आस्था र भावनामा ठेस पुगेको दाबी गर्दै उनी जानकी मन्दिर प्रवेश गर्न खोजे शान्तिपूर्ण रूपमा अवरोध गरिने बताइएको छ । यसका लागि मन्दिर परिसरमा आफ्ना कार्यकर्ता परिचालन गरिने पनि जनाइएको छ ।

जानकी मन्दिर हिन्दूहरूको प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक भएकाले धार्मिक मर्यादा कायम गर्नुपर्ने संगठनको भनाइ छ । साम्पाङले आफ्नो अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना नगरेसम्म मन्दिर प्रवेश स्वीकार्य नहुने हिन्दू सम्राट सेनाले जनाएको छ ।

यद्यपि, समाचार तयार पार्दासम्म हर्क साम्पाङ वा उनको सचिवालयले हिन्दू सम्राट सेनाको घोषणाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, साम्पाँगले पटक पटक गाई खानुपर्ने अभिव्यक्ति दिएकोले हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा निषेधको तयारी गरिएको जानकारी दिएको छ ।

धरानका पूर्व मेयर समेत रहेका श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाँगलाई हिन्दु विरोध अभिव्यक्तिको कारण निषेध गर्न लागिएको जनाएको छ । साम्पाँग आजै जनकपुर आई जानकी मन्दिर दर्शनको कार्यक्रम फेसबुक मार्फत जानकारी गराएका थिए । जानकी मन्दिरमा सुरक्षा कडा बनाइएको छ ।

प्रकाशित : श्रावण ०५, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA