आज हर्क सपाङ जनकपुर आउँदै, जानकी मन्दिरमा निषेध गर्ने हिन्दु सम्राटको तयारी : JCNEPALMEDIA

श्रावण ०५, २०८३ / जेसी नेपाल संवाददाता

हिन्दू सम्राट सेनाले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको छ । साम्पाङले सार्वजनिक रूपमा गाईको मासु खानुपर्ने आशयको अभिव्यक्ति दिएको भन्दै संगठनले त्यसको विरोधस्वरूप यस्तो निर्णय गरेको जनाएको छ ।

संगठनका अनुसार साम्पाङको अभिव्यक्तिले हिन्दू धर्मावलम्बीको धार्मिक आस्था र भावनामा ठेस पुगेको दाबी गर्दै उनी जानकी मन्दिर प्रवेश गर्न खोजे शान्तिपूर्ण रूपमा अवरोध गरिने बताइएको छ । यसका लागि मन्दिर परिसरमा आफ्ना कार्यकर्ता परिचालन गरिने पनि जनाइएको छ ।

जानकी मन्दिर हिन्दूहरूको प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक भएकाले धार्मिक मर्यादा कायम गर्नुपर्ने संगठनको भनाइ छ । साम्पाङले आफ्नो अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना नगरेसम्म मन्दिर प्रवेश स्वीकार्य नहुने हिन्दू सम्राट सेनाले जनाएको छ ।

यद्यपि, समाचार तयार पार्दासम्म हर्क साम्पाङ वा उनको सचिवालयले हिन्दू सम्राट सेनाको घोषणाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, साम्पाँगले पटक पटक गाई खानुपर्ने अभिव्यक्ति दिएकोले हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा निषेधको तयारी गरिएको जानकारी दिएको छ ।

धरानका पूर्व मेयर समेत रहेका श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाँगलाई हिन्दु विरोध अभिव्यक्तिको कारण निषेध गर्न लागिएको जनाएको छ । साम्पाँग आजै जनकपुर आई जानकी मन्दिर दर्शनको कार्यक्रम फेसबुक मार्फत जानकारी गराएका थिए । जानकी मन्दिरमा सुरक्षा कडा बनाइएको छ ।

प्रकाशित : श्रावण ०५, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA