भोली जनकपुर प्रचण्ड र माधव नेपाल आउँदै, पार्टीकाे एकता सन्देश दिने कार्यक्रम : JCNEPALMEDIA

श्रावण ०५, २०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल भोलि जनकपुरधाम आउने भएका छन्। नेकपाका मधेस प्रदेश इन्चार्ज महेन्द्र राय यादव ले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

उनका अनुसार पार्टीको एकता सन्देश तथा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्न दुवै शीर्ष नेता जनकपुरधाम आउने कार्यक्रम तय भएको छ। कार्यक्रम भोलि दिउँसो १२ बजे आयोजना गरिनेछ। पत्रकार सम्मेलनमा मधेस प्रदेशका नवनियुक्त सदस्यहरूको उल्लेखनीय सहभागिता रहने जानकारी दिइएको छ। पार्टी एकीकरणपछि प्रदेशस्तरमा संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र कार्यकर्ता प्रशिक्षणलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको प्रदेश नेतृत्वले जनाएको छ।

नेकपा २८ वटा राजनीतिक दलको एकीकरणबाट बनेको पार्टी भएको उल्लेख गर्दै मधेस प्रदेशमा तीमध्ये १५ वटा दलको सहभागिता रहेको जानकारी दिइयो। प्रदेशमा हाल ३४२ जना केन्द्रीय सदस्य तथा १,४२७ सदस्यीय प्रदेश कमिटी रहेको र उनीहरूको पनि कार्यक्रममा सहभागिता रहने बताइएको छ। पत्रकार सम्मेलनमा नेकपाले आगामी मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने नीतिगत निर्णय गरिसकेको जानकारी समेत दिइयो।

एकता सन्देश र प्रशिक्षण कार्यक्रममार्फत पार्टीलाई थप सुदृढ बनाउँदै संगठन निर्माण, वैचारिक दिशा र सिद्धान्तप्रति कार्यकर्तालाई स्पष्ट बनाउने विश्वास नेतृत्वले व्यक्त गरेको छ।

प्रकाशित : श्रावण ०५, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA