अर्काकी श्रीमतिसँग घरमै पक्राउ परेका सबैलाका वडाध्यक्ष मियाँ फरार , प्रहरीको खाेजतलास तिव्र : JCNEPALMEDIA

श्रावण ०६, २०८३ / जेसी नेपाल संवाददाता

गत शुक्रबार अर्काकै श्रीमतिसँग घरमै भेटेका धनुषा सबैला नगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताहिर मियाँ फरार भएको जनाईएको छ ।

शुक्रबार राती स्थानीय एक व्यक्तिका घरमा पसेका आरोप लागेका वडाध्यक्ष ताहिर मियाँ छतबाट कुदेपछि घाईते भएका थिए । अर्काकी श्रीमतिसँग घरमै रँगेहात पक्राउ परेपछि उनी समाजिक कारवाहीबाट बच्न छतबाट हाम फालेका थिए । सो क्रममा उनको खुट्टाको हड्डी भाँचिएको थियो । केही दिन अस्पतालमा उपचार गराएका मियाँ अहिले सम्पर्कविहिन भएको जनाईएको छ ।

ईलाका प्रहरी कार्यालय सबैलामा उजुरी परेको भन्दै उनलाई खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पर स्त्रीसँग अनैतिक सम्बन्धमा रहेको आरोप लागेका वडाध्यक्ष ताहिर मियाँ अहिले लुकीछिपी अन्यत्र कतै उपचारमा रहेको बुझिएको छ ।

यस सन्दर्भमा वडाध्यक्षको तर्फबाट कुनै प्रतिक्रिया आएको छैनन भने उनको मोबाईल छतबाट कुदने बेलामा झरेपछि स्थानीयले राखेको बताइन्छ ।

प्रकाशित : श्रावण ०६, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA