अर्काकी श्रीमतिसँग घरमै पक्राउ परेका सबैलाका वडाध्यक्ष मियाँ फरार , प्रहरीको खाेजतलास तिव्र : JCNEPALMEDIA

श्रावण ०६, २०८३ / जेसी नेपाल संवाददाता

गत शुक्रबार अर्काकै श्रीमतिसँग घरमै भेटेका धनुषा सबैला नगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताहिर मियाँ फरार भएको जनाईएको छ ।

शुक्रबार राती स्थानीय एक व्यक्तिका घरमा पसेका आरोप लागेका वडाध्यक्ष ताहिर मियाँ छतबाट कुदेपछि घाईते भएका थिए । अर्काकी श्रीमतिसँग घरमै रँगेहात पक्राउ परेपछि उनी समाजिक कारवाहीबाट बच्न छतबाट हाम फालेका थिए । सो क्रममा उनको खुट्टाको हड्डी भाँचिएको थियो । केही दिन अस्पतालमा उपचार गराएका मियाँ अहिले सम्पर्कविहिन भएको जनाईएको छ ।

ईलाका प्रहरी कार्यालय सबैलामा उजुरी परेको भन्दै उनलाई खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पर स्त्रीसँग अनैतिक सम्बन्धमा रहेको आरोप लागेका वडाध्यक्ष ताहिर मियाँ अहिले लुकीछिपी अन्यत्र कतै उपचारमा रहेको बुझिएको छ ।

यस सन्दर्भमा वडाध्यक्षको तर्फबाट कुनै प्रतिक्रिया आएको छैनन भने उनको मोबाईल छतबाट कुदने बेलामा झरेपछि स्थानीयले राखेको बताइन्छ ।

प्रकाशित : श्रावण ०६, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA