साईकलले ठक्कर दिएपछि बेहोस मात्र भएका बालकलाई बोरामा प्याक गरी पोखरीमा फाले, चाँदीको वाला´काे अधारमा किशोरी पक्राउ : JCNEPALMEDIA

श्रावण ०७, २०८३ / जेसी नेपाल संवाददाता

महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ५ पोखरभिन्डामा साइकलको ठक्करबाट घाइते भएका एक बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा प्रहरीले १५ वर्षीया एक किशोरीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत जेठ २२ गते साइकलमा मल बोकेर खेततर्फ जाँदै गरेकी किशोरीले सोही स्थानका बालक मनिकेश कुमार यादवलाई ठक्कर दिएकी थिइन् । ठक्कर लागेपछि बालक अचेत अवस्थामा पुगेका थिए । प्रहरी अनुसन्धानअनुसार किशोरीले बालकको मृत्यु भइसकेको ठानेर उनलाई बोरामा राखी नजिकैको पोखरीमा फालेकी थिइन् । त्यसपछि पोखरीमा बालकको शव फेला परेपछि प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार अनुसन्धानका क्रममा प्राप्त प्रमाण र शंकाका आधारमा किशोरीलाई नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता खुलेको हो । प्रहरीका अनुसार पोखरीमा फाल्नुअघि बालकले लगाएको चाँदीको बाला समेत किशोरीले निकालेकी थिइन् । अनुसन्धानका क्रममा उक्त चाँदीको बाला पनि किशोरीबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले किशोरीलाई असार ५ गते घरबाटै नियन्त्रणमा लिएको थियो । महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनासम्बन्धी अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित : श्रावण ०७, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA