सिरहामा लागूऔषध नियन्त्रणका क्रममा कारोवारी उपर प्रहरीले चलायो गोली, विद्यानन्द यादवसहित ६ जना पक्राउ : JCNEPALMEDIA

श्रावण ०७, २०८३ / जेसी नेपाल संवाददाता

सिरहाको लहानमा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली प्रहार गरी ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक भारतीय नागरिकसहित दुई जनाको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले बिहीबार दिउँसो लहान नगरपालिका–स्थित हस्पिटल चोक क्षेत्रमा शंकास्पद समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको स्रोतले जनाएको छ । घटनापछि प्रहरीले भारतको बिहार राज्यका २२ वर्षीय बिद्यानन्द यादवसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने अन्यमा सप्तरीको रुपनी गाउँपालिका–४ का ४० वर्षीय मो. नसिर, बोदे बरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम, बोदे बरसाइन नगरपालिका–२ का २४ वर्षीय बैजनाथ प्रसाद यादव र डाक्नेश्वरी नगरपालिका–२ का ३२ वर्षीय मो. ईमामुद्दिन रहेका छन् ।

प्रहरीका अनुसार बिद्यानन्द यादव र मो. नसिरको खुट्टामा गोली लागेको छ । दुवैको उपचार भइरहेको छ र उनीहरूको अवस्था नियन्त्रणमा रहेको जनाइएको छ । पक्राउ परेकाहरूको साथबाट करिब २४३ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रारम्भिक विवरणमा २२५ ग्राम भनिए पनि पछिल्लो प्रहरी विवरणअनुसार २४३ ग्राम ब्राउन सुगर बरामद भएको उल्लेख गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित : श्रावण ०७, २०८३                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA