सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन : JCNEPALMEDIA

श्रावण ०८, २०८३ शुक्रबार / जेसी नेपाल संवाददाता

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि बिहीबार अनशन तोडेका छन्। उनले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डा. जितेन्द्र सिंह साथै लेह-लद्दाख सर्वोच्च निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा आफ्नो अनशन तोडेको जानकारी गराएका छन्। वाङचुकले लेखेका छन्, ‘पहिले विभिन्न राजनीतिक दलका ६५ सांसदले मलाई अनशन तोड्न अनुरोध गर्दै पत्र लेखेका थिए।

उनले यो निर्णय लामो छलफलपछि र देशमा हिंसाको सम्भावनालाई ध्यानमा राखेर गरिएको उल्लेख गरेका छन्। वाङचुकले थप लेखेका छन्, ‘म यस विषयमा चाँडै छुट्टै भिडिओमा विस्तृत रूपमा बताउनेछु।

यसैबिच म तपाईंहरू सबैलाई सतर्क रहन र कतै पनि हिंसा हुन नदिन आग्रह गर्दछु।’ एनईईटी-यूजी पेपर लिकविरुद्ध भारतका विद्यार्थीहरूले एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागिरहेका छन्। सोनम वाङचुक पनि त्यसमा समर्थन जनाउँदै अनशनमा बसेका थिए।

प्रकाशित : श्रावण ०८, २०८३ ००:०० July 24,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA