सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन : JCNEPALMEDIA

श्रावण ०८, २०८३ शुक्रबार / जेसी नेपाल संवाददाता

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि बिहीबार अनशन तोडेका छन्। उनले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डा. जितेन्द्र सिंह साथै लेह-लद्दाख सर्वोच्च निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा आफ्नो अनशन तोडेको जानकारी गराएका छन्। वाङचुकले लेखेका छन्, ‘पहिले विभिन्न राजनीतिक दलका ६५ सांसदले मलाई अनशन तोड्न अनुरोध गर्दै पत्र लेखेका थिए।

उनले यो निर्णय लामो छलफलपछि र देशमा हिंसाको सम्भावनालाई ध्यानमा राखेर गरिएको उल्लेख गरेका छन्। वाङचुकले थप लेखेका छन्, ‘म यस विषयमा चाँडै छुट्टै भिडिओमा विस्तृत रूपमा बताउनेछु।

यसैबिच म तपाईंहरू सबैलाई सतर्क रहन र कतै पनि हिंसा हुन नदिन आग्रह गर्दछु।’ एनईईटी-यूजी पेपर लिकविरुद्ध भारतका विद्यार्थीहरूले एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागिरहेका छन्। सोनम वाङचुक पनि त्यसमा समर्थन जनाउँदै अनशनमा बसेका थिए।

प्रकाशित : श्रावण ०८, २०८३ ००:०० July 24,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA