लागुऔषध तस्करी गर्न दुई महिने छोराको प्रयोग, बाबु-आमासहित तीनजना पक्राउ : JCNEPALMEDIA

श्रावण ०८, २०८३ शुक्रबार / जेसी नेपाल संवाददाता

झापा : आफ्नै छोराले लगाएको डाइपरभित्र लागुऔषध ब्राउन सुगर भित्राउने बुबा- आमासहित तीनजना प्रहरी फन्दामा परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार साँझ ५:१५ बजेतिर भद्रपुर नगरपालिका–५ स्थित बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अटो चालक भारत किसनगञ्ज जिल्ला घर भई हाल बिर्तामोड नगरपालिका-५ बस्ने ३० वर्षीय मोहित आलम, सोही अटोमा सवार उनकी श्रीमती ३२ वर्षीया जेनेतुन खातुन, सोही ठाउँका ३८ वर्षीय मोहम्मद तजरुल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले आफ्नै दुई महिनाको छोरा सोहेल आलमलाई प्रयोग गरी भारतको गलगलियाबाट ब्राउन सुगर नेपाल भित्राएका थिए ।

बिर्तामोडबाट मे १ ह ५०११ नम्बरको अटो लिएर उनीहरू भद्रपुर नाका आइपुगेका थिए । अटो मेची पुलमा राखेर उनीहरू ब्राउन सुगर खरिद गर्न गलगलिया पुगेका थिए । त्यहाँबाट खरिद गरेका ब्राउन सुगरको सानो पोकालाई बच्चाले लगाएको डाइपरभित्र लुकाएर ल्याएका थिए । प्रहरीले चेकजाँच गर्दा डाइपरमा प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । यता वडा प्रहरीले बच्चासहित पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाइसकेको छ ।

प्रकाशित : श्रावण ०८, २०८३   July 24,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA