धनुषाधाम नपा ५ वडा सदस्य महताेले किसान मल नपाएर हाहाकार रहेको वेला अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा पक्राउ, ४०० बोरा मल बरामद : JCNEPALMEDIA

श्रावण ०९,२०८३ शुक्रबार / जेसी नेपाल संवाददाता

धनुषा : धनुषाधाम नपा ५ वडा सदस्य महताेले किसान मल नपाएर हाहाकार रहेको वेला अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा ४०० बोरा मल सहित पक्राउ परेका छन ।

खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश महतोमाथि मल डिलरबाट ट्याम्पुमा लुकाएर अन्यत्र लैजान खोजेको आरोप लागेको छ । स्थानीयका अनुसार वडा सदस्य महतोले डिलरबाट मल लिएर ट्याम्पुमार्फत मिथिला बिहारी नगरपालिकातर्फ लैजान खोजेको सूचना पाएपछि स्थानीय युवाले ट्याम्पु रोकी मल नियन्त्रणमा लिएका हुन् ।

नियन्त्रणमा लिइएको मल वडा कार्यालयमा लगेर सुरक्षित रूपमा राखिएको छ भने घटनाको विरोधस्वरूप स्थानीयले वडा कार्यालयमा ताल्चा समेत लगाएका छन् । गाउँका किसानले लामो समयदेखि मल नपाएर खेती प्रभावित भइरहेको अवस्थामा जनप्रतिनिधिले नै ठूलो परिमाणमा मल अन्यत्र लैजान खोज्नु गम्भीर विषय हो । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

घटनापछि वडा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ । स्थानीयले सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी मल वितरण प्रक्रियामा भएको अनियमितता सार्वजनिक गर्न आग्रह गरेका छन् । उक्त घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाइएको छ । यद्यपि वडा सदस्य सुरेश महतोसँग भने सम्पर्क हुन सकेनन् ।

यस विषयमा कृषि सामग्री कम्पनी, स्थानीय प्रशासन तथा धनुषाधाम नगरपालिकाले पनि आवश्यक छानबिन गर्ने तयारी गरेको बताइएको छ । अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रकाशित : श्रावण ०९, २०८३  July 25,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA