धनुषाधाम नपा ५ वडा सदस्य महताेले किसान मल नपाएर हाहाकार रहेको वेला अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा पक्राउ, ४०० बोरा मल बरामद : JCNEPALMEDIA

श्रावण ०९,२०८३ शुक्रबार / जेसी नेपाल संवाददाता

धनुषा : धनुषाधाम नपा ५ वडा सदस्य महताेले किसान मल नपाएर हाहाकार रहेको वेला अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा ४०० बोरा मल सहित पक्राउ परेका छन ।

खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश महतोमाथि मल डिलरबाट ट्याम्पुमा लुकाएर अन्यत्र लैजान खोजेको आरोप लागेको छ । स्थानीयका अनुसार वडा सदस्य महतोले डिलरबाट मल लिएर ट्याम्पुमार्फत मिथिला बिहारी नगरपालिकातर्फ लैजान खोजेको सूचना पाएपछि स्थानीय युवाले ट्याम्पु रोकी मल नियन्त्रणमा लिएका हुन् ।

नियन्त्रणमा लिइएको मल वडा कार्यालयमा लगेर सुरक्षित रूपमा राखिएको छ भने घटनाको विरोधस्वरूप स्थानीयले वडा कार्यालयमा ताल्चा समेत लगाएका छन् । गाउँका किसानले लामो समयदेखि मल नपाएर खेती प्रभावित भइरहेको अवस्थामा जनप्रतिनिधिले नै ठूलो परिमाणमा मल अन्यत्र लैजान खोज्नु गम्भीर विषय हो । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

घटनापछि वडा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ । स्थानीयले सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी मल वितरण प्रक्रियामा भएको अनियमितता सार्वजनिक गर्न आग्रह गरेका छन् । उक्त घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाइएको छ । यद्यपि वडा सदस्य सुरेश महतोसँग भने सम्पर्क हुन सकेनन् ।

यस विषयमा कृषि सामग्री कम्पनी, स्थानीय प्रशासन तथा धनुषाधाम नगरपालिकाले पनि आवश्यक छानबिन गर्ने तयारी गरेको बताइएको छ । अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रकाशित : श्रावण ०९, २०८३  July 25,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA