आठ लाख भन्दा बढी घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ : JCNEPALMEDIA

श्रावण ०९,२०८३ शुक्रबार / जेसी नेपाल संवाददाता

बागमती : सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी आठ लाखभन्दा बढी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका – १२ स्थित डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी निकासाका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख अनुपमा ढकालको निर्देशनमा सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझेर सरकारी क्वाटरमा पुर्‍याएको खुलेको आयोगले जनाएको छ। छापा मार्ने क्रममा डिभिजन प्रमुख ढकाल बसेको सोफाबाट सेवाग्राहीबाट लिइएको भनिएको ७ लाख ५० हजार रुपैयाँ बरामद गरिएको थियो।

त्यसैगरी, खानतलासीका क्रममा स्रोत खुल्न नसकेको थप ७१ हजार ११५ रुपैयाँ पनि फेला परेको अख्तियार श्रोतले जनाएको छ। बरामद भएको नगदको कुल रकम ८ लाख २१ हजार ११५ रुपैयाँ पुगेको छ। घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियारले घुस लेनदेनसँग सम्बन्धित कागजात, नगद र अन्य प्रमाणसमेत नियन्त्रणमा लिई घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित : श्रावण ०९, २०८३ July 25,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA