सीजेपीका दुई मागमा भारत सरकार सकारात्मक, शिक्षामन्त्रीको राजीनामाबारे निर्णय हुन बाकी : JCNEPALMEDIA

श्रावण ०९,२०८३ / जेसी नेपाल संवाददाता

भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी)का दुई मागमा सरकार सकारात्मक भएको छ । सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्का र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गर्नुभएको थियो ।

यो वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानुनी कारबाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ । तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षामन्त्रीको राजीनामाबारे निर्णय हुन बाँकी छ ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताउनुभएको छ । चिकित्सा परीक्षामा हुने प्रश्नपत्र चुहावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षामन्त्री प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ । मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कडा हुने सीजेपीले चेतावनी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आन्दोलनको समर्थनमा रहेका प्रमुख अभियन्ता सोनम वाङ्चुकले अस्ति बिहीवार २६ औँ दिनमा अनशन स्थगित गर्नुभएको छ । उहाँले सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कारबाही नगर्ने आश्वासन दिएको बताउनुभयो । परीक्षामा बारम्बार प्रश्नपत्र ‘लिक’ भएपछि उत्पन्न आक्रोशसँगै भारतमा कक्रोच जनता पार्टीको उदय भएको हो । युवा नेतृत्वको यो अभियानमा ठूलो सङ्ख्यामा विद्यार्थीहरू सहभागी भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकार दबावमा परेको छ । यो भारतमा केही वर्षयताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ ।

प्रकाशित : श्रावण ०९, २०८३ July 25,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA