सीजेपीका दुई मागमा भारत सरकार सकारात्मक, शिक्षामन्त्रीको राजीनामाबारे निर्णय हुन बाकी : JCNEPALMEDIA

श्रावण ०९,२०८३ / जेसी नेपाल संवाददाता

भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी)का दुई मागमा सरकार सकारात्मक भएको छ । सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्का र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गर्नुभएको थियो ।

यो वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानुनी कारबाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ । तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षामन्त्रीको राजीनामाबारे निर्णय हुन बाँकी छ ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताउनुभएको छ । चिकित्सा परीक्षामा हुने प्रश्नपत्र चुहावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षामन्त्री प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ । मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कडा हुने सीजेपीले चेतावनी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आन्दोलनको समर्थनमा रहेका प्रमुख अभियन्ता सोनम वाङ्चुकले अस्ति बिहीवार २६ औँ दिनमा अनशन स्थगित गर्नुभएको छ । उहाँले सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कारबाही नगर्ने आश्वासन दिएको बताउनुभयो । परीक्षामा बारम्बार प्रश्नपत्र ‘लिक’ भएपछि उत्पन्न आक्रोशसँगै भारतमा कक्रोच जनता पार्टीको उदय भएको हो । युवा नेतृत्वको यो अभियानमा ठूलो सङ्ख्यामा विद्यार्थीहरू सहभागी भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकार दबावमा परेको छ । यो भारतमा केही वर्षयताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ ।

प्रकाशित : श्रावण ०९, २०८३ July 25,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA