मधेशमा महिला हिंसाकाे वृद्धि , सयाैं घटना दर्ता : JCNEPALMEDIA

श्रावण ११,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न खालका हिंसाका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

महिला पुनर्स्थापना केन्द्र मधेश प्रदेशले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला छ महिनामा प्रदेशभर १४१ वटा महिलामाथि हुने हिंसाका घटना अभिलेखीकरण भएका छन् । तीमध्ये घरेलु हिंसा ८४, सामाजिक हिंसा २४, यौन हिंसा २० र अन्य १३ घटना रहेको तथ्याङ्कमा उल्लेख छ।

तथ्याङ्कअनुसार गत चैतदेखि भदौसम्म मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा बाहेक धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, सिराहा र सप्तरीमा भएका महिला हिंसाका घटनाहरू संस्थामा प्रत्यक्ष दर्ता भएका उजुरी तथा पत्रपत्रिकामा प्रकाशित समाचार सामग्री संकलन गरी तयार पारिएको प्रतिवेदनमार्फत सार्वजनिक गरिएको हो । तत्थ्याङ्क अनुसार सबैभन्दा धेरै ८४ वटा घरेलु हिंसा, २४ सामाजिक हिंसा, २० यौन हिंसा, र १३ अन्य प्रकारका हिंसा दर्ता भएका छन् । घरेलु हिंसाका घटना अन्य सबै प्रकारको हिंसाभन्दा निकै माथि देखिएका छन् ।

सार्वजनिक प्रतिवेदनले घरेलु हिंसाका घटनाहरू विश्लेषण गर्दा कम दाइजो नै निरन्तर दोहोरिने मुख्य कारण रहेको देखाएको छ । पछिल्लो छ महिनामा मात्र आठ वटा घटना दाइजोकै कारण प्रत्यक्ष रूपमा भएको पुष्टि भएको तर, बाँकी अधिकांश घटनाको जरो कारण पनि दाइजो नपुगेको वा थप दाइजो माग गरिएको देखिएको महिला पुनर्स्थापना केन्द्र मधेश प्रदेशकी संयोजक विणा कुमारी सिंहले बताउनुभयो । दाइजो कम ल्याएको भन्दै कुटपिट गर्ने, थप दाइजो माग्दै निरन्तर मानसिक एवं शारीरिक यातना दिने, छोरा नजन्माएको भन्दै घरनिकाला गर्ने जस्ता समस्या अत्यधिक देखिएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनले मधेश प्रदेशमा दाइजो प्रथाको गहिरो सामाजिक स्वीकार्यता नै हिंसा बढ्नुको मूल कारक रहेको उल्लेख गरेको छ । कानुनले दाइजो लिनदिन प्रतिबन्ध लगाए पनि परिवार तथा समाजकै मौन समर्थनले यो प्रथा अझै बलियो रूपमा जरा गाडेर बसेको निष्कर्ष निकालेको छ । परम्परागत सोच परिवर्तन गर्न, दाइजोको माग वा स्वीकृतिलाई सामाजिक रूपमा अस्वीकार्य बनाउन तथा दीर्घकालीन रूपमा महिलामाथि हुने हिंसा घटाउन निर्णायक भूमिका खेल्ने प्रतिवेदनको निष्कर्ष रहेको छ ।

प्रकाशित : श्रावण ११, २०८३ July 26,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA