सरकारलाई मानव अधिकार आयोगको निर्देशन- सुनसरीमा सुरक्षा कमजोरी देखियो, मजबुत बनाउनू : JCNEPALMEDIA

साउन ११,०८३ / जेसी नेपाल संवाददाता

सुनसरी : मानव अधिकार आयोगले सरकारलाई सुनसरीमा देखा परेको कमजोर शान्तिसुरक्षालाई मजबुत बनाउन निर्देशन दिएको छ।

आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै आयोगले शान्ति सुरक्षा मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न सरकारलाई निर्देशन दिएको हो। यस्तै आयोगले सामाजिक सद्भाव कायम राख्न अपिलसमेत गरेको छ।

शान्तिपूर्णरूपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्‍याउन राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवम् सर्वसाधारणलाई आयोगले अनुरोध गरेको छ। साथै आयोगले घटनाको पनि अनुसन्धान गरिरहेको छ। ‘सुनसरीको देवानगञ्जमा दुई समुदाय बिच भएको झडप र झडपपछि प्रहरीको गोली लागी ओमप्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरुसँग घटनाको बारेमा जानकारी लिइरहेको छ ।

आयोगले उक्त घटनाको मानव अधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ।’ पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद भएको, डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ्दै जाँदा दुई पक्ष बिच तोडफोड र झडप सुरु भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएका र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको आयोगको भनाइ छ।

प्रकाशित : साउन ११,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल JCNEPALMEDIA

सुनसरी गाेलिकाण्डमा कोसीका डीआईजी हेडक्वार्टर फिर्ता, सुनसरीका सीडीओ र एसपी पनि तानिए : JCNEPALMEDIA

प्रधानमन्त्री बालेनले गरे मन्त्रीहरुलाई प्रशन ? देशका ठूला सहरमा डाेजर चले तर जनकपुरमा कहिले ? : JCNEPALMEDIA

बारा प्रहरीमा सरुवा ‘सेटिङ’ र तस्करी संरक्षणको आरोप, गृहमन्त्रीसम्म पुग्यो उजुरी : JCNEPALMEDIA

मधेशमा महिला हिंसाकाे वृद्धि , सयाैं घटना दर्ता : JCNEPALMEDIA

सीजेपीका दुई मागमा भारत सरकार सकारात्मक, शिक्षामन्त्रीको राजीनामाबारे निर्णय हुन बाकी : JCNEPALMEDIA