कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

साउन १२,०८३ / जेसी नेपाल संवाददाता

वीरेन्द्रनगर : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यक्षराज जोसीले नेपालको संविधानको धारा १६८(२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए।

सोही आह्वानअनुसार नेकपा र नेकपा एमालेको समर्थनमा शाहीले बहुमतसहित सरकार गठनको दाबी पेश गरेका थिए। प्रदेश प्रमुखले दाबीको संवैधानिक परीक्षणपछि शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्यमन्त्री शाहीले प्रदेशको राजनीतिक स्थायित्व, सुशासन, विकास निर्माण र जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकार सञ्चालन गर्ने बताएका छन्।

उनले दलहरूबीच सहकार्य, विश्वास र सहमतिका आधारमा प्रभावकारी शासन सञ्चालन गर्दै प्रदेशको समग्र विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्। शाही नेतृत्वको मन्त्रिपरिषद् विस्तार भोलि नै गर्ने तयारी रहेको स्रोतको भनाइ छ। सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्री चयनबारे छलफल जारी रहेको जनाइएको छ। पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गरी क्रमशः विस्तार गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

प्रकाशित : साउन १२,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA