कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

साउन १२,०८३ / जेसी नेपाल संवाददाता

वीरेन्द्रनगर : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यक्षराज जोसीले नेपालको संविधानको धारा १६८(२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए।

सोही आह्वानअनुसार नेकपा र नेकपा एमालेको समर्थनमा शाहीले बहुमतसहित सरकार गठनको दाबी पेश गरेका थिए। प्रदेश प्रमुखले दाबीको संवैधानिक परीक्षणपछि शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्यमन्त्री शाहीले प्रदेशको राजनीतिक स्थायित्व, सुशासन, विकास निर्माण र जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकार सञ्चालन गर्ने बताएका छन्।

उनले दलहरूबीच सहकार्य, विश्वास र सहमतिका आधारमा प्रभावकारी शासन सञ्चालन गर्दै प्रदेशको समग्र विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्। शाही नेतृत्वको मन्त्रिपरिषद् विस्तार भोलि नै गर्ने तयारी रहेको स्रोतको भनाइ छ। सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्री चयनबारे छलफल जारी रहेको जनाइएको छ। पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गरी क्रमशः विस्तार गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

प्रकाशित : साउन १२,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA