इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

साउन १३,०८३ / जेसी नेपाल संवाददाता

सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर चौधरीविरुद्ध पदीय मर्यादा विपरीत कार्यगरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले चौधरीको श्रीमती अर्पना कुमारीलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ। आयोगका अनुसार नियुक्ति लिएको मिति २०६५/०९/११ गतेदेखि २०८२/०३/२९ गतेसम्मको अवधिमा चौधरीले २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ आय आर्जन गरेका थिए। उक्त आम्दानीमा तलब, भत्ता, कर्जा, कृषि आय तथा बाबुको पेन्सन आयसमेत समावेश गरिएको छ।

तर, सोही अवधिमा उनले आफू र आफ्नो परिवारको नाममा जग्गा, घर, सवारी साधन, जीवन बिमा, छोराछोरीको खर्च, शेयर खरिद, बैंकिङ मौज्दातलगायत शीर्षकमा ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगको जनाएको छ।

वैधानिक आम्दानीभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बढी खर्च देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको दावी छ। आयोगका अनुसार सोही रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा चौधरीविरुद्ध आरोप पत्र दायर गरेको हो। गैरकानुनीरुपमा आर्जन गरेको र उक्त सम्पत्ति जफत गर्न समेत आयोगले माग गरेको छ।

यसैगरी आयोगले चौधरीको श्रीमती अपर्णा कुमारीको नाममा रहेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ।

प्रकाशित : साउन १३,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA