इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

साउन १३,०८३ / जेसी नेपाल संवाददाता

सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर चौधरीविरुद्ध पदीय मर्यादा विपरीत कार्यगरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले चौधरीको श्रीमती अर्पना कुमारीलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ। आयोगका अनुसार नियुक्ति लिएको मिति २०६५/०९/११ गतेदेखि २०८२/०३/२९ गतेसम्मको अवधिमा चौधरीले २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ आय आर्जन गरेका थिए। उक्त आम्दानीमा तलब, भत्ता, कर्जा, कृषि आय तथा बाबुको पेन्सन आयसमेत समावेश गरिएको छ।

तर, सोही अवधिमा उनले आफू र आफ्नो परिवारको नाममा जग्गा, घर, सवारी साधन, जीवन बिमा, छोराछोरीको खर्च, शेयर खरिद, बैंकिङ मौज्दातलगायत शीर्षकमा ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगको जनाएको छ।

वैधानिक आम्दानीभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बढी खर्च देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको दावी छ। आयोगका अनुसार सोही रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा चौधरीविरुद्ध आरोप पत्र दायर गरेको हो। गैरकानुनीरुपमा आर्जन गरेको र उक्त सम्पत्ति जफत गर्न समेत आयोगले माग गरेको छ।

यसैगरी आयोगले चौधरीको श्रीमती अपर्णा कुमारीको नाममा रहेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ।

प्रकाशित : साउन १३,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA