कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

साउन २४,२०८३ / जेसी नेपाल संवाददाता

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्जमा दुई साताअघि भएको हिंसात्मक झडपको घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय केही युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । सुनसरी प्रहरीका प्रवक्ता एवं डीएसपी चन्द्र खड्काका अनुसार घटनाको अनुसन्धानका क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिइएकाहरूको पहिचान र संख्या भने सार्वजनिक गरेको छैन । अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका हौँ,’ डीएसपी खड्काले भने, ‘अनुसन्धान पूरा भएपछि मात्रै नियन्त्रणमा लिइएका व्यक्तिको विवरण र घटनाबारे आधिकारिक जानकारी सार्वजनिक गर्छौँ । प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिको फोटो वा पक्राउ परेकाको संख्या आधिकारिक रूपमा सार्वजनिक नगरेको पनि खड्काले स्पष्ट पारे ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिका सदस्य दीपेन्द्र मेहताले सामाजिक सञ्जालमार्फत चार जना युवा पक्राउ परेको दाबी गरेका छन् । उनले पक्राउ परेको भनिएका युवाहरूको फोटोसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तर, प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा विवरणबारे आफूहरूलाई आधिकारिक जानकारी नभएको जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ भइरहेको भए पनि अनुसन्धान पूरा नभएसम्म पक्राउसम्बन्धी विवरण सार्वजनिक गर्ने अवस्था छैन । दुई साताअघि कप्तानगन्जमा दुई पक्षबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो । घटनामा मानवीय क्षतिसहित ठूलो तनाव सिर्जना भएपछि स्थानीय प्रशासन र सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएका थिए ।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले प्रमाण र घटनाक्रमका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान, भूमिकासहितका विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ ।

प्रकाशित : साउन २४,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA

२ किशोरीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा २ युवक पक्राउ : JCNEPALMEDIA

घट्यो सुनचाँदीको मूल्य ,सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको : JCNEPALMEDIA

मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीया युवतीको मृत्यु, चालक गम्भीर घाइते : कैलाली JCNEPALMEDIA

गोली चलाएर जेनजी आन्दोलनको आपराधिक घटनामा संलग्न व्यक्ति प्रहरीको नियन्त्रणमा : JCNEPALMEDIA

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA