२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

साउन २७,२०८३ / जेसी नेपाल संवाददाता

भारत : भारतको कोलकाताबाट चेन्नई जाँदै गरेको इन्डिगोको एउटा विमानमा मंगलबार राति अवतरण गर्नुअघि नै बायाँतर्फको इन्जिन फेल भएपछि हंगामा मच्चिएको छ ।

घटनापछि चेन्नई विमानस्थलमा तत्काल ‘फुल इमर्जेन्सी’ घोषणा गरिएको थियो । तर पाइलटको सुझबुझका कारण विमान सुरक्षित रूपमा अवतरण गराउन सफल भयो र विमानमा सवार सबै २२४ जना सुरक्षित रहे ।

* अवतरणको केही मिनेटअघि इन्जिनमा समस्या भारतीय विमानस्थल प्राधिकरणका अधिकारीका अनुसार मंगलबार राति इन्डिगोको उडान नम्बर ६ भ्–७२३ कोलकाताबाट चेन्नईतर्फ आउँदै थियो । विमानमा कुल २२४ जना सवार थिए । विमान राति ११ः३० बजे चेन्नई पुग्ने निर्धारित समय थियो । तर पाइलटले अवतरणको तयारी गरिरहेका बेला विमानको बायाँ इन्जिनले काम गर्न छाडेको जानकारी पाए ।

* तत्काल आपतकालीन तयारी सक्रिय इन्जिन फेल भएको थाहा पाए लगत्तै पाइलटले कुनै ढिलाइ नगरी एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराए । अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै विमानस्थल प्राधिकरणले राति ११ः२९ बजे ‘फुल इमर्जेन्सी’ घोषणा गर्‍यो । विमानलाई सुरक्षित अवतरण गराउन विमानस्थलका आपतकालीन उद्धार टोली तथा सबै सुरक्षा संयन्त्र तत्काल सक्रिय पारिएको थियो ।

* केही मिनेटमै सुरक्षित अवतरण राति ११ः२९ बजे– विमानमा समस्या देखिएपछि विमानस्थलमा ‘फुल इमर्जेन्सी’ घोषणा । राति ११ः३७ बजे–विमानले चेन्नई विमानस्थलको रनवे–२५ मा सुरक्षित अवतरण गर्‍यो । सबै २२४ जना सुरक्षित । राति ११ः४७ बजे–अवस्था नियन्त्रणमा आएपछि ‘फुल इमर्जेन्सी’ हटाइयो । विमानस्थल अधिकारीहरूका अनुसार घटना नियन्त्रणमा आएपछि चेन्नई विमानस्थलमा अन्य विमानको आवतजावत तथा सबै उडान सञ्चालन सामान्य रूपमा जारी रह्यो ।

* यसअघि एयर इन्डिया विमानमा पनि हंगामा यसअघि अगस्ट ४ मा फुकेतबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एयरबस ए३२० विमान उडानका क्रममा अचानक करिब ३०० फिट तल झरेको थियो । यद्यपि, पछि विमानलाई नियन्त्रणमा लिएर दिल्लीमा सुरक्षित अवतरण गराइएको थियो । उक्त घटनामा केही यात्रु तथा चालक दलका सदस्य घाइते भएका थिए । विमानमा तीन नवजात शिशुसहित १३७ यात्रु र ८ जना चालक दलका सदस्य सवार थिए ।

प्रकाशित : साउन २७,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA

२ किशोरीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा २ युवक पक्राउ : JCNEPALMEDIA

घट्यो सुनचाँदीको मूल्य ,सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको : JCNEPALMEDIA

मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीया युवतीको मृत्यु, चालक गम्भीर घाइते : कैलाली JCNEPALMEDIA