जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु : JCNEPALMEDIA

भदौ ०१,२०८३ / जेसी नेपाल संवाददाता

विराटनगर : विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो।

लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो खानतलासी नियमित भएको बताए। यो समाचार तयार पार्दासम्म कारागारबाट कुनै अवैध वस्तु फेला परेको जानकारी भने छैन। खानतलासीसँगै कारागारका केही कैदीबन्दीको स्थानान्तरणको तयारी गरिएको थियो। विशेष गरेर आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट रहेकाहरूलाई अन्यत्र कारागारमा सार्न खोजिएको सुरक्षा स्रोतले बतायो।

स्रोतका अनुसार कारागारभित्र रहेर अभिषेक गिरीलाई सहयोग गरिरहेका १५ जना भन्दा बढी कैदीबन्दीलाई सार्न खोजिएको छ। तर, कारागारमा खानतलासी सुरु भएसँगै बी ब्लकका कैदीबन्दी आन्दोलित भएका छन्।

खानतलासीसँगै कैदीबन्दीको स्थानान्तरण गर्ने तयारी भइरहेको बुझेपछि त्यसको विरोधमा उनीहरु प्रदर्शन र नाराबाजीमा उत्रिएका हुन्। उनीहरु कारागारभित्रै आगो बालेर विरोधमा उत्रिएका थिए। तर, दमकलको सहयोगमा आगो निभाइएको थियो।

प्रकाशित : भदौ ०१, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA