डीएसपीको इलाकामा डीआईजीको छापा, ८२ लाखको जुत्ता-चप्पल बरामद : JCNEPALMEDIA

भदौ ०१,२०८३ / जेसी नेपाल संवाददाता

डीएसपी निशान्त श्रीवास्तव र डीआइजी भूपेन्द्र बहादुर

खत्री बुटवल : भन्सार छलेर रुपन्देहीको बुटवलमा ठूलो परिमाणमा भण्डारण गरी राखिएको जुत्ता तथा चप्पल बरामद गरिएको छ। पछिल्लो समय विशेष गरी रुपन्देहीको धकधई क्षेत्रबाट जुत्ता र चप्पलको निरन्तर तस्करी हुँदै आएको छ। रुपन्देहीमा छ्याप्छ्याप्ती घुमुवा प्रहरी रहेपनि छिटफुट सामान बरामदगी बाहेक तस्करको कुनै ठूलो गोदाममा छापा मारेर सामग्री बरामद गर्न नसकेको देखिएको छ।

रुपन्देहीको विभिन्न नाकाबाट प्रहरी संग्लनतामा तस्करी हुँदै आएको आरोप छ। यसैबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवको क्षेत्र (नाकैमुनि) मा रहेको गोदाममा छापा मारेर ठूलो परिमाणमा तस्करीको सामग्री बरामद गरेर देखाएको छ।

लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीले जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट हुन नसकेका कामका लागि प्रदेशबाट विशेष टोली परिचालन गरी नियन्त्रण गर्दै आएका छन्।

प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार, बुटवल उपमहानगरपालिका–१३, नयाँगाउँ अमरपथस्थित घरबाट भन्सार छलेर भण्डारण गरिएका ८२ लाख १५ हजार बढी रुपैयाँ बराबरको विभिन्न प्रकारका जुत्ता तथा चप्पल बरामद भएको हो।

घरको चारवटा कोठामा भण्डारण गरिएको लेडिज चप्पल १,०९३ जोर, लेडिज जुत्ता १,६८५ जोर, बच्चाका जुत्ता ४,४२२ जोर र जेन्स चप्पल १,३५० जोर बरामद भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बरामद सामग्री आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालयमा बुटवलमा पठाइएको छ ।

प्रकाशित : भदौ ०१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आईजीपी कार्कीले पत्रकारलाई गालीगलौजसहित धम्क्याएको भन्दै भाइरल अडियोको वास्तविकता ? : JCNEPALMEDIA

जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

पर्सामा तस्करी गरि ल्याइएको ४ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीद्धारा नष्ट : JCNEPALMEDIA

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA