डीएसपीको इलाकामा डीआईजीको छापा, ८२ लाखको जुत्ता-चप्पल बरामद : JCNEPALMEDIA

भदौ ०१,२०८३ / जेसी नेपाल संवाददाता

डीएसपी निशान्त श्रीवास्तव र डीआइजी भूपेन्द्र बहादुर

खत्री बुटवल : भन्सार छलेर रुपन्देहीको बुटवलमा ठूलो परिमाणमा भण्डारण गरी राखिएको जुत्ता तथा चप्पल बरामद गरिएको छ। पछिल्लो समय विशेष गरी रुपन्देहीको धकधई क्षेत्रबाट जुत्ता र चप्पलको निरन्तर तस्करी हुँदै आएको छ। रुपन्देहीमा छ्याप्छ्याप्ती घुमुवा प्रहरी रहेपनि छिटफुट सामान बरामदगी बाहेक तस्करको कुनै ठूलो गोदाममा छापा मारेर सामग्री बरामद गर्न नसकेको देखिएको छ।

रुपन्देहीको विभिन्न नाकाबाट प्रहरी संग्लनतामा तस्करी हुँदै आएको आरोप छ। यसैबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवको क्षेत्र (नाकैमुनि) मा रहेको गोदाममा छापा मारेर ठूलो परिमाणमा तस्करीको सामग्री बरामद गरेर देखाएको छ।

लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीले जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट हुन नसकेका कामका लागि प्रदेशबाट विशेष टोली परिचालन गरी नियन्त्रण गर्दै आएका छन्।

प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार, बुटवल उपमहानगरपालिका–१३, नयाँगाउँ अमरपथस्थित घरबाट भन्सार छलेर भण्डारण गरिएका ८२ लाख १५ हजार बढी रुपैयाँ बराबरको विभिन्न प्रकारका जुत्ता तथा चप्पल बरामद भएको हो।

घरको चारवटा कोठामा भण्डारण गरिएको लेडिज चप्पल १,०९३ जोर, लेडिज जुत्ता १,६८५ जोर, बच्चाका जुत्ता ४,४२२ जोर र जेन्स चप्पल १,३५० जोर बरामद भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बरामद सामग्री आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालयमा बुटवलमा पठाइएको छ ।

प्रकाशित : भदौ ०१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA