उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश र रजिस्ट्रार सवार स्कारपियो भिमफेदीमा दुर्घटना : JCNEPALMEDIA

भदौ ०२,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–६ खजुरीखोलामा स्कार्पियो दुर्घटना हुँदा घाइते भएका ६ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडूसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा स्कार्पियो चालक दाङ, राप्ती गाउँपालिका–८ का ३० वर्षीय सुनीलाल चौधरी, ४९ वर्षीय तारादत्त बडू, उनकी छोरी २५ वर्षीया रितेन बडू र २१ वर्षीया रिता बडू तथा लक्ष्मी बडू रहेका छन्।

प्रहरीका अनुसार लक्ष्मी बडूको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। दुर्घटनापछि घाइते सबैको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको थियो। थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : भदौ ०२, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA