उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश र रजिस्ट्रार सवार स्कारपियो भिमफेदीमा दुर्घटना : JCNEPALMEDIA

भदौ ०२,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–६ खजुरीखोलामा स्कार्पियो दुर्घटना हुँदा घाइते भएका ६ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडूसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा स्कार्पियो चालक दाङ, राप्ती गाउँपालिका–८ का ३० वर्षीय सुनीलाल चौधरी, ४९ वर्षीय तारादत्त बडू, उनकी छोरी २५ वर्षीया रितेन बडू र २१ वर्षीया रिता बडू तथा लक्ष्मी बडू रहेका छन्।

प्रहरीका अनुसार लक्ष्मी बडूको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। दुर्घटनापछि घाइते सबैको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको थियो। थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : भदौ ०२, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा : JCNEPALMEDIA

आईजीपी कार्कीले पत्रकारलाई गालीगलौजसहित धम्क्याएको भन्दै भाइरल अडियोको वास्तविकता ? : JCNEPALMEDIA

डीएसपीको इलाकामा डीआईजीको छापा, ८२ लाखको जुत्ता-चप्पल बरामद : JCNEPALMEDIA

जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

पर्सामा तस्करी गरि ल्याइएको ४ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीद्धारा नष्ट : JCNEPALMEDIA