ब्यारेकभित्रै महिला प्रहरीलाई जबर्जस्ती गर्न खोज्ने इन्सपेक्टर जेल चलान

धादिङ । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो ।इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको थियो । मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा पसेर बलात्कारको प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ ।

ढुंगानाविरुद्ध जबरजस्तीकरणी उद्योग मुद्दा दायर भएकोमा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशअनुसार उनलाई मंगलबार नै कारागार पठाइएको जिप्रका धादिङका डीएसपी श्याम खत्रीले बताए ।ढुंगाना १० महिनाअघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए । खानीखोलामा कार्यरत महिला प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ‘बलात्कार उद्योग’ गरेको जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।गएको असोज १५ गते राति १ बजेतिर खानीखोलास्थित महिला प्रहरीको ब्यारेकमा पसेर इन्स्पेक्टर ढुंगानाले बलात्कार प्रयास गरेको महिला सहकर्मीको आरोप छ । ब्यारेकमा पुगेर यौन सम्बन्धको प्रस्ताव राखेको पीडितको उजुरीमा छ ।सो घटना ‘रिपोर्ट’ हुनासाथ धादिङका प्रहरी उपरीक्षक (एसपी) राकेश सिंहले इन्स्पेक्टर ढुंगानालाई तत्काल पक्राउ गर्न आदेश गरेका थिए । ढुंगानालाई काठमाण्डौंमा पक्राउ गरी हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो । ढुंगाना पक्राउ परेर करणी उद्योगमा मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले खानीखोलामा इन्स्पेक्टर डबलबहादुर बमलाई काजमा खटाएको छ ।

इन्स्पेक्टर ढुंगाना पटक-पटक विवादमा आइरहने पात्र हुन । केही महिनाअघि रक्सीको नसामा मध्यराति आफ्नै चौकीका वरिष्ठ हवल्दार र ट्रक ड्राइभरलाई कुटपिट गरेर उनी विवादमा आएका थिए ।गृहमन्त्री बालकृष्ण खाणको पीसओको रूपमा काम गरिसकेका उनी प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका पूर्वसभापति भरत शाहको नातेदार भएकै कारण कारबाहीबाट यसअघि कारबाहीबाट जोगिएकोमा यस पटक भने कारबाहीमा परेका छन् ।चार वर्षअघि इन्सपेक्टरमा बढुवा भएका ढुंगाना पहिलेदेखि नै विवादित पात्र हुन् । कांग्रेस नेताको सिफारिसकै आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाको इन्चार्ज पाएको आरोप उनी माथि छ । राजधानी प्रवेश गर्ने मुख्य नाकामा रहेको खानीखोला चौकीलाई मालदार कार्यालयका रूपमा लिने गरिन्छ ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA