भारतकाे ८० औं स्वतन्त्रता दिवसकाे अवसरमा एक दिने विचार गाेष्ठी सम्पन्न : JCNEPALMEDIA

भदौ ०४,२०८३ / जेसी नेपाल संवाददाता

भारतकाे ८० औं स्वतन्त्रता दिवसकाे अवसरमा नेपालकाे वर्तमान अबस्थामा नेपाल -भारत सम्बन्ध विषयक एक दिने विचार गाेष्ठी साेसल डेभलपमेन्ट ए्ण्ड रिसर्च सेन्टर र N Ihudfa Forward काे आयोजनामा सम्पन्न भएका छन ।

उक्त कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव प्रमुख अतिथि रहेका थिए भने SDRC संस्थाका अध्यक्ष रामसिंघ यादवकाे अध्यक्षतामा भएको थियो । त्यसतै विशिष्ट अतिथि भारतीय वाणिज्य दुतावासका काउन्सिलर डा. डि.एस. मिना रहेका थिए ।

अतिथिमा पुर्व शिक्षा मन्त्री राम चन्द्र झा , पुर्व मन्त्री भगवती चाैधरी , पुर्व मन्त्री डा. सुरेन्द्र यादव, जिल्ला समन्वय समिति धनुषा अध्यक्ष राजन्नदन मंडल , डा.राम नरेश पंडित , लागू औषध दुर्व्यसनी बिरूद्धका राष्ट्रिय अभियानी जगदीश चाैधरी यादव, अर्थ विज्ञ, वुद्धिजिवि ,शिक्षक , विभिन्न पार्टीका नेता कार्यकर्ता र पत्रकारहरूकाे उपस्थिति रहेको थियोे ।

सबै वक्ताहरूले नेपाल - भारत सम्बन्धकाे बारेमा आ-आफ्नो धरणा राखेको थियोे । ​गोष्ठीमा बोल्दै सहभागीहरूले नेपाल र भारतबीचको सम्बन्ध केवल प्रशासनिक वा कूटनीतिक मात्र नभई जनस्तरसम्मै गहिरो रहेको बताए। कार्यक्रममा वरिष्ठ पत्रकार श्यामसुन्दर शशिका अनुसार नेपाल-भारत सम्बन्धलाई मुख्यतया ४ कालखण्डमा विभाजन गरेर अध्ययन गर्नु उपयुक्त हुन्छ।

सन् १८१६ को सुगौली सन्धिपछिको समयलाई नेपाल-भारत आधुनिक सम्बन्धको सुरुआत मान्नुपर्ने र दुवै देशका लोकतान्त्रिक आन्दोलनहरूमा समेत एक-अर्काको परिपूरक भूमिका रहेको कुरा उनले स्पष्ट पारे। ​तथापि, बदलिँदो वैश्विक परिपेक्ष्यमा यो सम्बन्धलाई नयाँ शिराबाट पुनर्विचार र पुनरावलोकन गर्ने समय आएको सहभागीहरूको साझा निष्कर्ष थियो। ​

कार्यक्रमका वक्ताहरूले सदियौँदेखि चल्दै आएको नेपाल-भारतबीचको पवित्र ‘रोटी-बेटीको सम्बन्ध’ पछिल्लो समय आफ्नो मर्मबाट टाढिँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गरे। विगतमा सांस्कृतिक, पारिवारिक र सामाजिक जगमा उभिएको यो आत्मीय सम्बन्ध अचेल सीमावर्ती क्षेत्रमा केवल अवैध मदिराको व्यापार (दारु) र जुवातास वा आपराधिक गतिविधि (गोटी) मा मात्र सीमित हुन थालेको यथार्थलाई कार्यक्रममा स्पष्ट पारियो।

बैचारिक आदानप्रदानमा आधारित हुनुपर्ने सम्बन्ध तल्लो स्तरको स्वार्थ र विकृतिमा रूपान्तरण हुँदा दुवै देशका जनताबीचको आत्मीयता कमजोर हुँदै गएको भन्दै वक्ताहरूले यसलाई सुधारेर पुनः पुरानै उचाइमा पुर्‍याउन नीतिगत तथा सामाजिक स्तरबाटै पहल हुनुपर्नेमा जोड दिए। 

प्रकाशित : भदौ ०४, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA