जनकपुरधामको भूतनाथ मन्दिर (स्वर्गद्वारी) मा चोरी, मध्यराती चोर रँगेहात पक्राउ : JCNEPALMEDIA

भदौ ०५,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरको प्रसिद्ध धार्मिक स्थल रहेको बाबा भूतनाथ मन्दिरमा चोरी भएको छ । सो सँगै चोर रँगेहात पक्राउ परेका हुन् ।

मध्यराती करिब १ः३० बजेको समयमा जनकपुरको गँगासारको दक्षिणी डीलमा रहेको भूतनाथ मन्दिर (स्वर्गद्धारी) मा दुई चोर चोरी गरिरहेकै अवस्थामा रँगेहात पक्राउ परेका छन् । मध्यरातीमा मन्दिरमा पसेर दुई चोरले भूतनाथको चाँदीको जलढरी, नाग र चारैतर्फ रहेको चारै देवताको चाँदीको मुकुटसहित अन्य बहुमूल्य धातूको गरगहनाहरु चोरी गरेका थिए । राती मुकुट उखेलेपछि आवाज आउँदा मन्दिरको पूर्वपट्टि रहेको घरको छतमा सुतिरहेका युवकहरु निन्द्राबाट ब्यूझिँए ।

सुरुमा उनीहरुले स्मसानघाट रहेकोले भूत हुन सक्ने भनेर डराए । छतबाट हेरेपछि मानिससहित गहना देखिएपछि उनीहरुले तत्कालै प्रहरीलाई फोन गरेको थियो । करिब १५० मिटरकै दुरीमा रहेको धनुषा प्रहरीले २ मिनेटमै प्रहरी पठाएका थिए । उनीहरु मन्दिरबाट चोरी गरेर निस्कने अवस्थामा रहेको बेला प्रहरीले एक जनालाई पक्राउ गरेको हो भने एक जना भाग्न सफल भएको जनाइएको छ ।

यसबारे मन्दिरका कर्ताधर्ता समाजसेवी पवन सिँघानीयाँले भने आफूलाई राती करिब २ बजे जानकारी भएको बताए । एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेमा मोतिफर रहमान मियाँ रहेको छ ।

प्रकाशित : भदौ ०५, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA