देशभर करिब ९८ प्रतिशत धान राेपाइँ सकियो , गत वर्षको तुलनामा १.९२ प्रतिशतले बढे : JCNEPALMEDIA

भदौ ०६,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडाैं : कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ ।

विभागले देशभर १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ । प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कर्णालीमा ९८.५ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत, कोशीमा ९७ प्रतिशत रोपाइँ सकिएको छ ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले विशेषगरी मधेस प्रदेशलगायतका क्षेत्रमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला रोपाइँ भएको बताउँदै पछिल्लो समय रोपाइँमा सुधार आएको जानकारी दिए । उनका अनुसार अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था भएपनि मनसुन सुखद् रहेका कारणअघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँको अवस्था राम्रो रहेकाले उत्पादनमा वृद्धि हुन्छ ।

प्रकाशित : भदौ ०६, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारका तत्कालीन एसपीको मनपर्दि, संगठित अपराधको मिसिलमा अर्थसचिवदेखि पत्रकारसम्मको मोबाइल नम्बर : JCNEPALMEDIA

अख्तियारका तत्कालीन एसपीको मनपर्दि, संगठित अपराधको मिसिलमा अर्थसचिवदेखि पत्रकारसम्मको मोबाइल नम्बर : JCNEPALMEDIA

जनकपुरधाममा पोखरीको डिलमा चल्यो बालेनको डोजर , पहिलो चरणमा ५० पोखरी खाली गराइँदै : JCNEPALMEDIA

काठमाडौंकाे ब्वाइज होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु : JCNEPALMEDIA

गरिमा चौधरी हत्या प्रकरण : फाँसीको व्यवस्था गर्न मागसहित काठमाडौंमा प्रदर्शन : JCNEPALMEDIA

जनकपुरधामको भूतनाथ मन्दिर (स्वर्गद्वारी) मा चोरी, मध्यराती चोर रँगेहात पक्राउ : JCNEPALMEDIA