काठमाडौंकाे ब्वाइज होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु : JCNEPALMEDIA

भदौ ०६,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : काठमाडौं महानगरपालिका-१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न भएको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दाङको घोराही उपमहानगरपालिका-१७ का स्थायी बासिन्दा २२ वर्षीय वसन्त कालाथोकीलाई शुक्रबार बिहान होस्टलमै १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ ।

प्रकाशित : भदौ ०६, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA