जनकपुरधाममा पोखरीको डिलमा चल्यो बालेनको डोजर , पहिलो चरणमा ५० पोखरी खाली गराइँदै : JCNEPALMEDIA

भदौ ०६,२०८३ / जेसी नेपाल संवाददाता मधेस

प्रदेशका राजधानी जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ। गुठी संस्थानको स्वामित्वमा रहेका अतिक्रमित जग्गा संरक्षण तथा अतिक्रमण हटाउने उद्देश्यले पहिलो चरणमा पोखरीका अतिक्रमित क्षेत्र खाली गराउन डोजर प्रयोग गरिएको हो।

शनिबार बिहान देखि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ को ऐतिहासिक गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने काम सुरु भएको हो। लामो समयदेखि अतिक्रमणमा परेको पोखरीको डिलमा बनाइए को संरचना हटाउनुका साथै सार्वजनिक तथा गुठी सम्पत्तिको संरक्षण गर्ने काम अघि बढाइएको बताइएको छ। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य–सचिव जनक पोखरेलले जनकपुरका सात वटा पोखरीमा रहेको अतिक्रमण हटाउने तयारी सुरु गरेको बताए। अतिक्रमित क्षेत्र खाली गर्न गत साउन १ गते नै सार्वजनिक सूचना जारी गरिएको थियो।

पहिलो चरणमा पहिचान गरिएका ५० वटा अतिक्रमित पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना रहेको पोखरेलले बताए। कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा गुठीका अन्य अतिक्रमित जग्गा खाली गराउने गरी अभियानलाई वर्गीकरण गरिएको छ। अतिक्रमण हटाउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले जनकपुरका गुठी जग्गाको अतिक्रमण पहिचान गरी तयार पारेको प्रतिवेदनलाई मुख्य आधार बनाइएको समितिले जनाएको छ।

वर्षौंदेखि सार्वजनिक प्रयोजन तथा धार्मिक–सांस्कृतिक सम्पत्तिका रूपमा रहेका पोखरी, मन्दिर परिसर र गुठीका जग्गा अतिक्रमणको चपेटामा पर्दै आएका थिए। पछिल्लो समय गुठी सम्पत्तिको संरक्षणका लागि अतिक्रमण हटाउने अभियान अघि बढाइएपछि जनकपुरका ऐतिहासिक तथा धार्मिक सम्पदालाई पुरानै स्वरूपमा फर्काउने अपेक्षा गरिएको छ। समितिले अतिक्रमित संरचना हटाउने क्रममा सम्बन्धित पक्षलाई दिइएको सूचनाको पालना गर्न आग्रह गरेको छ। अभियानलाई चरणबद्ध रूपमा अघि बढाउँदै जनकपुरका गुठी सम्पत्तिलाई अतिक्रमणमुक्त बनाउने तयारी गरिएको छ।

प्रकाशित : भदौ ०६, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA