सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृत फेला : JCNEPALMEDIA

भदौ ०७,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुर : खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा तीन वर्षीया बालिकाको शव फेला परेको हो। सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन मृत अवस्थामा फेला परेकी छन्। परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेसम्म घरमै देखिएकी थिइन्, त्यसपछि खोज्दा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाएको प्रहरी उपरीक्षक रूपक खड्काले बताएका छन्। ७ भदौ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्।

त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए। बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले उनले बताए । घटना स्थलमा स्थानीयहरूको बाक्लो भिड लागेको छ ।

प्रकाशित : भदौ ०७, २०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA