प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक : JCNEPALMEDIA

भदौ ०७,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

बैठकमा चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी गरिएको छ । बैठकमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी पहिलो संशोधन, राहदानी पहिलो संशोधन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन र खानी तथा खनिज पदार्थ विधेयक समितिमा पठाउने प्रस्ताव पेस हुनेछन् ।

यस्तै, बैठकको सुरुवातमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । संसद् सचिवालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित : भाद्र २०८३                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA