६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ परेका युवक ‘जेनजी’ आन्दोलनमा फरार कैदी : JCNEPALMEDIA

भदौ ०९,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : रामेछापमा ६१ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय युवक ‘जेनजी’ आन्दोलनको क्रममा फरार कैदी भएको खुलेको छ।

जेनजी आन्दोलनको क्रममा गत वर्ष भदौ २४ गते सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयबाट फरार भएका २१ वर्षका प्रेम विसुंखेलाई प्रहरीले यही भदौ ३ गते पक्राउ गरेको थियो। उनी चोरी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा थिए।

हिरासतबाट भागेपछि उनी रामेछापमा बस्दै आएको खुलेको छ। उनले यही भदौ २ गते रामेछाप नगरपालिका–४ तिलबारी बस्ने ६१ वर्षीया एकल महिलालाई उनकै घरमा गएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। हिरासतबाट भागेर रामेछाप पुगेपछि बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए।

बलात्कारपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको टोलीले खोजतलासको क्रममा लुकिछिपी बसेको अवस्थमा रामेछाप नगरपालिका ४ तिलबारीबाट पक्राउ गरेको हो। उनी कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ।

प्रकाशित : भदौ ०९, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA