हाइड्रोपावरको डिजेल चोरीमा चार चालकसहित पाँच जना पक्राउ : JCNEPALMEDIA

भदौ ०९,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : सोलुखुम्बुकाे महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गर्ने चार चालकसहित चोरीको डिजेल खरिद गर्ने एक जना गरी पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आयोजनामा कार्यरत चालकहरूले इन्धन चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो । प्रहरीले चोरी गरिएको डिजेल खरिद गर्ने व्यक्तिसहित चार चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूबाट ६६५ केजी अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–८ का ४२ वर्षीय श्यामबहादुर जोगी रहेका छन् । त्यस्तै, सिन्धुली गोलन्जोर गाउँपालिका–२ का २४ वर्षीय केशव कार्की, सोही स्थानका २४ वर्षीय लिला बहादुर चौहान, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–१ का २५ वर्षीय यामबहादुर बस्नेत र सोही गाउँपालिका–६ का २४ वर्षीय आकाश राई पक्राउ परेका छन् ।

उनीहरू जलविद्युत् आयोजनामा चालकका रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निर्मल थापाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएपछि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित : भदौ ०९, २०८३               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो : JCNEPALMEDIA

बलात्कार घटनामा ८ बर्ष अघि ‘गलत’ मेडिकल रिपोर्ट दिने डा.बिजय सिँह र डा. रम्भा गोईतलाई ३ महिना कैदसहित २० हजार जरिवाना : JCNEPALMEDIA

६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ परेका युवक ‘जेनजी’ आन्दोलनमा फरार कैदी : JCNEPALMEDIA

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक : JCNEPALMEDIA

सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृत फेला : JCNEPALMEDIA

अख्तियारका तत्कालीन एसपीको मनपर्दि, संगठित अपराधको मिसिलमा अर्थसचिवदेखि पत्रकारसम्मको मोबाइल नम्बर : JCNEPALMEDIA