इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै : JCNEPALMEDIA

भदौ १०,२०८३ / जेसी नेपाल संवाददाता

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । पैगम्बर मोहम्मदको जन्म मक्कामा भएको थियो र हिजरी संवत् उनको ५३ वर्षपछि सुरु भयो । कुरान मक्का मदिनामा अवतरित भएको भन्दै मुस्लिम समुदायले यसलाई मुख्य तीर्थस्थल मान्न थालेका छन् ।

काठमाडौँ- इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ । जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए ।

मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो ।

यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले उनको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज र्‍याली, सभालगायत कार्यक्रम गरिदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित : भदौ १०, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो : JCNEPALMEDIA

बलात्कार घटनामा ८ बर्ष अघि ‘गलत’ मेडिकल रिपोर्ट दिने डा.बिजय सिँह र डा. रम्भा गोईतलाई ३ महिना कैदसहित २० हजार जरिवाना : JCNEPALMEDIA

६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ परेका युवक ‘जेनजी’ आन्दोलनमा फरार कैदी : JCNEPALMEDIA

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक : JCNEPALMEDIA

सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृत फेला : JCNEPALMEDIA

अख्तियारका तत्कालीन एसपीको मनपर्दि, संगठित अपराधको मिसिलमा अर्थसचिवदेखि पत्रकारसम्मको मोबाइल नम्बर : JCNEPALMEDIA