कांग्रेसका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न पाँच दिनको समय थप : JCNEPALMEDIA

भदौ १५,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : कांग्रेसका सभापति गगन थापाको समुपस्थितिमा पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकले पाँच दिनको समय थपेको हो ।

पार्टीको बृहत्तर हित, एकता तथा कार्यकर्ताको अनुरोधलाई ध्यानमा राख्दै नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यले २०८३ भाद्र १५ गतेदेखि १९ गतेसम्म आफ्नो सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सक्ने गरी समयावधि कायम गरिएको कांग्रेसले जनाएको छ ।

बैठकले छुट भएका क्रियाशील सदस्यलाई तोकिएको अवधिभित्रै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरेको छ ।

प्रकाशित : भदौ १५, २०८३       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA