भोटेकोशी बाढीपीडितका लागि धनौजी गाउँपालिकाले २२ लाख बढी रुपैयाँ सहयोग गर्ने : JCNEPALMEDIA

भदौ १५,२०८३ / जेसी नेपाल संवाददाता

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनौजी गाउँपालिकाले २२ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने भएको छ ।

धनौजी गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा शिक्षकहरूको मासिक पारिश्रमिकबाट कट्टा गरी थप १५ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको हो । गाउँपालिकाले प्राकृतिक विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ । साथै विपद्बाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनको कामना गरेको छ ।

‘विपद्ले दिएको यो चोट केवल एउटा भूगोल वा समुदायको पीडा होइन, सम्पूर्ण राष्ट्रको साझा पीडा हो,’ गाउँपालिकाको विज्ञप्तिमा भनिएको छ । गाउँपालिकाले विपद्को समयमा राज्य, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिक सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास र गाउँपालिका अध्यक्ष राजकुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्का बेला पीडित नागरिकलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

प्रकाशित : भदौ १५, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेसका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न पाँच दिनको समय थप : JCNEPALMEDIA

रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA

रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA

भारतबाट पुल बनाउने समाग्री, उपकरणसहित नेपालका लागि ११ टन राहत सामग्री बोकेको चौथो उडान : JCNEPALMEDIA

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटे : JCNEPALMEDIA

जनकपुरका राजपुत धरानकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार पदमा सर्टलिस्टकाे पहिलो नम्बरमा : JCNEPALMEDIA